मस्तिष्क मृत्यु पश्चात हुने प्रत्यारोपणले गति लिँदै ।३ महिनाको अन्तरालमा ३ महिलाको मृर्गौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण सफल

मस्तिष्क मृत्यु पश्चात हुने प्रत्यारोपणले गति लिँदै ।
३ महिनाको अन्तरालमा ३ महिलाको मृर्गौला र दुई पुरुषमा कलेजो प्रत्यारोपण सफल

नेपलमा पनि मस्तिष्क मृत्यु पश्चात हुने अंग प्रत्यारोपण नियमित हुन थालेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मिति २०८२।०४।३० गते ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई वटा मिर्र्गाैला र एक वटा कलेजो प्राप्त भएको हो । मस्तिष्क मृत्यु भएका व्यक्तीबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजो एक साथ तीन जनामा सफल प्रत्यारोपण भएकोमा कलेजो प्रत्यारोपित काठमाण्डौका ३८ वर्षिया पुरुष आज ९ औं दिनमा सकुशल डिस्चार्ज भएका छन भने मृर्गौला प्रत्यारोपितहरु स्वास्थ्य लाभ गरी केही दिनमा डिस्चार्ज हुने तयारीमा छन ।
३ महिना अघि मात्रै पनि एक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त मृर्गौला र कलेजो एकजना पुरुषलाई तथा एक अर्को मृर्गौला एकजना महिलालाई प्रत्यारोपण गरिएको थियो ।
मिति २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु भएपश्चात हालसम्म ७ जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा मृर्गौला र ५ जनामा कलेजो गरी १८ जनामा प्रत्यारोपण भएको छ । हालै आएर मस्तिष्क मृत्यु पश्चात हुने अंग प्रत्यारोपणले थप गति लिदै गएको कुरा केन्द्रका कार्यकारी निर्देशक तथा मृगौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठले बताउनु भयो ।
मस्तिष्क मृत्यु हुने जीवित व्यक्तिले आँफू जीवित हुँदा मस्तिष्क मृत्युपश्चात अङ्गदान गरेको वा मस्तिष्क मृत्यु भएपश्चात निजको नजिकको नातेदारले निजको शरीरवाट अङ्गदान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्गदान गरी प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो प्रत्यारोपण गर्ने ३८ वर्षिया पूरुष

कलेजो प्रत्यारोपण गर्नु हुँदै डा पुका चन्द्र श्रेष्ठ
पत्यारोपण शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा कलेजो तथा मृगौला प्रत्यारोपण भएको हो । कलेजो प्रत्यारोपणमा डा.रोशन घिमिरेले सघाउनु भएको थियोे भने मृगौला प्रत्यारोपणमा डा दिपेश श्रेष्ठ, डा रुपेश कुमार झा, डा हरि प्रसाद बराल, डा. रोजन अधिकारी, डा विकास खड्का, डा लोचन श्रेष्ठ, डा विक्किन डंगोल लगायतले टोलिले सघाउनु भएको थियो
एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा.आरती राई, डा.निभा श्रेष्ठ, डा.शोभित थापा, डा रेखा श्रेष्ठ, डा शिव सुन्दर राजचल लगायतले सहयोग गर्नुभएको थियो ।
नेफ्रोलोजी विभागबाट डा.कल्पना कुमारी श्रेष्ठ, डा.लुसन सिंह, डा.सुमित आचार्य, डा.विक्रम वीर बज्राचार्य, डा रुबश नाथ योगी, डा सन्तोष कार्की सहभागी हुनुहुन्थ्यो ।
रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी, डा. जस्मिन जोशी, डा हितेश रायमाझी डा.सुधिर जोशी, प्याथोलोजिस्ट डा. सोनालि मिश्र, ल्याब टेक्नोलोजिष्ट बिन्दिरा जोशी, ट्रान्सपलान्ट कोर्डिनेटर तारा साँध, सरु कोजु, बन्दना खत्री, डा निरु शर्मा, डा नेहा सिंह फिजियोथेरापिस्ट सोनी सिखवालले पनि सघाउनु भएको थियो ।
नि.नर्सिङ निर्देशक पुजा कोइरालाको नेतृत्वमा नर्सिङ इन्चार्जहरु, बबिता लवजु, एलिसा श्रेष्ठ, निरु सुवाल, अनिता कार्की, मीना खर्वुजा, मन्जु भट्टराई सनिषा कार्कीले नर्सिङ व्यवस्थापन तथा बिरामीको उपचारका लागि आवश्यक व्यवस्था मिलाउनु भएको थियो ।

कलेजो प्रत्यारोपित डिस्चार्ज हुनु अघि केन्द्रका चिकित्सक, नर्स तथा प्राविधिकहरु सँग
ललितपुरको सुमेरु सि.टी. अस्पतालमा मिति २०८२।०४।३० गते मस्तिष्क मृत्यु भएका पुरुषबाट दुई मृर्र्गाैला र एक कलेजो प्राप्त भएको थियो । यस पटकको मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्नका लागि सोही अस्पतालका प्रशासन र एनेस्थेसियोलोजिष्ट डा. निरोज हिराचन, पोष्ट मार्टम विशेषज्ञ डा. आहना श्रेष्ठ, लगायत सम्पूर्ण टिमको सकरात्मक सहयोग रहेको थियो ।
नेपाल सरकारले मस्तिष्क मृत्यु पश्चात अङ्गदान तथा त्यसरी प्राप्त हुने अङ्ग ग्रहण गर्र्न चाहने व्यक्तिको प्राथमिकताको सूची बनाउने र प्रथमिकताक्रमको सूची अधावधिक गरी राख्ने र झिकेका अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई समन्वय इकाई तोकेको छ । हाल उक्त इकाईको संयोजक डा.कल्पना कुमारी श्रेष्ठ हुनुहुन्छ । कुनै पनि बिरामीले मापदण्डमा तोके बमोजिम अंग प्राप्त गर्नका लागि नियमित चेक जाँच गरी समन्वय इकाइको प्रतिक्षा सूचिमा नाम लेखाउन पर्ने हुन्छ । सम्बन्धित विरामी उपचाररत अस्पतालमा प्रत्यारोपणको सुविधा भए मस्तिष्क मृत व्यक्तिबाट प्राप्त हुने अंग सोही अस्पतालमा पु¥याउने कार्य समन्वय इकाइले गर्ने गर्दछ ।
महिला मृर्गौला प्रत्यारोपितहरुको संख्या बढ्दै ः
मस्तिष्क मृत व्यक्तिबाट प्राप्त १३ जना मध्ये पुरुष १० जना पूरुष र ३ जना महिलामा मृर्गौला र ५ जना पूरुषमा कलेजो प्रत्यारोपण गरिएको छ । जसबाट अंग प्रत्यारोपणमा लैङ्गिक भेदभाव सुधारोन्मुख देखिएता पनि अझै उत्कर्षमा रहेको सिद्द हुन्छ ।वर्तमान प्रत्यारोपण नियमावली अनुसार नेपालमा महिलालाई मृर्गौला प्रत्यारोपणमा प्राथमिकता होस भन्ने हेतुले पुरुषको तुलनामा महिलालाई ३ गुणा बढी अंक दिने व्यवस्था छ ।
देशमा अंग दान सम्बन्धि कानून निकै उदार भए पनि कार्यान्वयन पक्ष हामीले सोचे अनुरुप हुन सकेको छै्नं । यसको मूख्य कारण जनचेतनाको कमी नै हो । गाडेर खेर जाने वा जलेर खरानी हुने हाम्रो अंगहरु दान दिन सके एक जना मस्तिष्क मृत्यू भएको व्यक्तिबाट ८ वटा अंगहरु २ वटा मृगौला, २ वटा फोक्सो, १ वटा कलेजो, १ मुुटु, १ प्याङ्क्रियाज, १ सानो आद्र, लगायतका अंगहरु दान गरी ८ जनाको ज्यान बचाउन सकिन्छ । यसरी अङ्गदान भए नेपाल प्रत्यारोपणमा आत्म निर्भर हुनसक्ने छ । यस्तो पुण्य कार्यमा हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ ।
विश्वस्तरीय मृर्गौला र कलेजो प्रत्यारोपण सेवा दिँदै आएको यस केन्द्रले देशकोे चार वटा प्रदेशमा प्रत्यारोपण सेवा शुरु गरि सकेको (बागमती, गण्डकी, कर्णली, लुम्बिनी.) र बाँकी तीन वाटा प्रदेशमा पनि निकट भविष्यमा प्रत्यारोपण गर्ने योजना बनाएको छ । तर प्रत्याारोणको लागि आवश्क विशेषज्ञ जनशक्ति तालिम दिनको लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा र उपयुक्त जग्गा प्राप्त भए केन्द्र स्वयंले ५०० बेड क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ । केन्द्रले अंग फेल भएका गरीब नेपाली जनताको ज्यान बचाउन उपयुक्त जग्गा उपलब्ध गराउनको लागि नेपाल सकारकार बारम्बार ध्यानाकर्षण गराउँदा पनि प्रगति हुन सकेको छैन ।

मिति ः २०८२।०५।०९
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर