सन्दर्भ विश्व क्यान्सर दिवसः भक्तपुरमा रिपोर्ट आर्फै हर्ने मेसिनको उद्घाटन ।

सन्दर्भ विश्व क्यान्सर दिवसः भक्तपुरमा रिपोर्ट आर्फै हर्ने मेसिनको उद्घाटन ।
भक्तपुर, माघ २२ गते
नेपालमा वार्षिक२२ हजारमा क्यान्सर संक्रमण र क्यान्सर रोगकै कारण १४ हजारको मृत्यु हुने गरेको चिकित्सकहरुको तथ्यांग देशले ठेग्न नसकिने नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौड्यलले बताएका छन् । हरेक वर्ष २२ हजार विरामी थपिरहँदा उपचार गर्न सम्भव समेत नहुने उल्लेख गर्दै क्यान्सर रोग लाग्नै नदिन जनचेतना अभविृद्धि गर्नुपर्नेमा उहँले जोड दिएका हुन । विद्यालय शिक्षा देखि जीवन उपयोगि शिक्षामार्फत स्वास्थ्य सचेतना दिनुपर्नेमा जोड दिदै मन्त्री पौड्यलले जनताको स्वास्थ्य उपचारकालागि विमाको दायरा बढाउने तयारी भइरहेको बताए ।
विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालमा आज आयोजित विशेष कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौड्यलले क्यान्सर निको भएकाहरुलाई दोसल्ला ओडाएर तथा उपहार दिएर सम्मानित गरेका थिए । साथै उहाँले सो अवसरमा अस्पताल प्रांगणमै विरामी आफैले रिपोर्ट हेर्ने मेसिनको उद्घाटन समेत गरेका थिए । उहाँले स्वास्थ्य सेवा कम र बढी गुणस्तरीय नभनि स्वास्थ्य सेवा भन्ने बितिकै सबै गुणस्तरीय हुने प्रत्याभूति हुनुपर्ने बताए । सरकारको सिमित श्रोत साधनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै १४ वर्ष मुनिका बालबालिकाहरुको क्यान्सर रोगको निःशुल्क उपचारको शुभारम्भ भक्तपुर क्यान्सर अस्पतालबाटै भएको बताउँदै अन्य अस्पतालहरुमा क्यान्सर रोग सेवा विस्तार गर्न भक्तपुर क्यान्सर अस्पताललाई आग्रह समेत गर्नु भयो । अस्पतालहरुमा दक्ष जनशक्तिको अभाव खड्किरहेको भन्दै मन्त्री पौड्यलले विदेश जान नपर्ने गरी एक्कै पटक हजारै चिकित्सक र नर्सहरुलाई स्वदेशमै भर्ना गर्न आवश्यक भएको उल्लेख गर्दै फेक विरामी जाँचको रिपोर्ट दिई भूक्तानी लिने अस्पताललाई खारेज गर्ने चेतनावनी दिएका छन् । मन्त्री पौड्यलले चिकित्सकलाई हाटपाट हुन नदिन विशेष कानूनी व्यवस्था आवश्यक भएको भन्दै नागरिकले अनुभूति गर्ने गरी सेवा दिन स्वास्थ्यकर्मीहरुको व्यवहार सुधारको आवश्यकतामा जोड दिनु भयो । मन्त्री पौड्यलले भन्नु भयो डाक्टरले विरामी जाच्ने बितिक्कै आधा रोग निको हुन्छ । विरामीको आत्मबल बढ्ने गरी चिकित्सकहरुको व्यवहार सुधार्नुपर्ने छ ।


क्यान्सरका विरामीलाई दिने महंगौ केमो पनि निःशुल्क दिने तयारी भइरहेको बताउँदै मन्त्री पौड्यलले मुलुकका १७ लाख भन्दा बढी १४ वर्ष मुनीका बालिकाहरुलाई आजबाट पाठेयघरको मुखको क्यान्सर विरुद्ध निःशुल्क एचपिभि खोप दिन सुरु भएको बताए । यो अभियानकालागि ५० हजार जनशक्ति परिचालन भइरहेको भन्दै उहाँले लक्षित किशोरीहरु कोही पनि नछुटोस् भन्नु भयो ।
नचाहँदा नचाहँदै क्यान्सर रोग र मृगौला फेलका विरामीहरु बढी हरेकोमा चिन्ता व्यक्त गर्दै सहज उपचार हुने गरी स्वास्थ्य प्रविधि प्रवन्धको तयारी भइरहेको मन्त्री पौड्यलले बताए । उहाँले अस्पतालमा उपकरण बिग्रियो भनि सेवाबाट बचित गर्न नहुनेमा जोड दिदै क्यान्सर रोगको उपचारमा भक्तपुर क्यान्सर अस्पतालको विशेष योगदान रहेको बताए ।


कार्यक्रमको सभापतित्वबाट बोल्दै स्वास्थ्य मन्त्रलयका विशेष सचिव एवं भक्तपुर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष डा. दिपेन्द्ररमण सिंहले प्रत्येक क्यान्सर पीडितलाई सौगात पुग्ने गरी पाँच तल्ले होटलहरुमा हुने कार्यक्रम अस्पताल प्रांगणमा आयोजना गरी सेवा बिस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । नेपाल सरकारको गठन आदेशबाट भक्तपुर क्यान्सर अस्पताल सरकारको छातामुनी आएकोमा खुसी र स्वास्थ्य मन्त्री प्रति आभार व्यक्त गर्दै उहाँले कर्मचारी नियमावली आएपछि तहगत रुपमा कर्मचारी व्यवस्थापन गरी थप गतिका साथ काम हुने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष सिंहँले विरामीले महंगोमा बाहिर औषधी किनुपर्ने बाध्यता हटाउन अस्पतालमै फार्मेसी सेवा विस्तार भइरहेको पनि बताउनु भयो ।
सो अवसर संसारमा वार्षिक २ करोड व्यक्तिमा क्यान्सर लाग्ने गरेको चर्चा गर्दै अस्पतालका प्रमुख डाक्टर उज्जवल चालिसेले देशमा वार्षिक २२ हजारमा क्यान्सर र १४ हजार संक्रमितको मृत्यु भइरहेको बताउनु भयो । डा.चालिसेले समयमै सचेत भए क्यान्सरबाट डराउन नपर्ने बताएका छन् । क्यान्सर रोग लाग्नै नदिने र लागि हाले पनि छिटो पत्ता लगाएर उपचारको पहुँचबृद्धीमा जनचेतनाको आवश्यकतामा जोड दिएका हुन् । शहरी जीवनशैलीले क्यान्सर रोगी बढी रहेको चर्चा गर्दै उहाँले क्यान्सर रोग लाग्नै नदिन व्यक्तिगत रुपमा गर्नुपर्ने कुराहरु आफै अवलम्बन गर्नुपर्ने भन्दै भक्तपुर क्यान्सर अस्पतालले दिदै आएको सेवा बारे जानकारी दिनु भएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले क्यान्सर रोग लाग्नै नदिन एचपिभि खोप अभियान आजबाट सुरु भएको उल्लेख गर्दै यो नयाँ युगको सुरुवात र कोसेढुंगा समेत भएको बताए । क्यान्सर विरुद्धको अभियानमा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिदै उहाँले क्यान्सर रोकथामको ३ वटा तह मध्ये पहिलो खोप अभियान भएको र दोस्रो चरणमा यसलाई निरन्तरता दिदै जाने भएकोले कक्षा ६ देखि १० सम्मका वा १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई एचपिभी खोप सुनिश्चित गर्न आग्रह गर्नु भयो । सो अवसरमा अतिथिहरुले क्यान्सर विरुद्धको जनचेतनामूलक टिक टिक प्रतियोगिताका उत्कृष्ठहरुलाई पुरस्कृत गर्दै अभियान्ताहरुलाई सम्मानित समेत गरेको थियो भने क्यान्सर निको भएका वा विजयताहरुको अनुभवहरु पनि सो अवसरमा सुनाएको थियो ।