कमलविनायकमा बौद्ध चैत्य जिर्णोद्धारको लागि न्यास पुजा(जिर्णोद्धार पुजा) आयोजना
भक्तपुर, ३ माघ । भक्तपुर नगरपालिका वडा नं १० कमल बिनायकमा रहेको बौद्ध चैत्य जिर्णोद्धारको लागि न्यास पुजा(जिर्णोद्धार पुजा) वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको आथिथ्यतामा सोमबार कमलबिनायक मन्दिर परिसरमा एक समारोहबीच बौद्ध चैत्य अगाडि पुजा सम्पन्न भयो ।
न्यास पुजा धर्म गुरु भिमरत्न बज्राचार्य र प्राध्यापक पुष्परत्न शाक्यले गर्नु भएको थियो । विधि तन्त्रबाट स्थापित एैतिहासिक बौद्ध चैत्यहरु जिर्णोद्धारको लागि भत्काउन चार दिन अगाडि उक्त पुजापाठ सम्पन्न गर्नुपर्ने मान्यता रहेको नेपाल परम्परा बौद्ध संघका अध्यक्ष श्री पुष्पराज शाक्यले बताउनुभयो । बौद्ध सम्पदाहरु जिर्णोद्धार गर्नको लागि न्यास पुजा गरेर मात्र जिर्णोद्धार गर्नुपर्ने कुरा बौद्ध सम्पदाविज्ञहरुले बताउनुभयो । उक्त बौद्ध चैत्य पहिला यातु चैत्य विहार रहेको अभिलेखहरु रहेको बताउनुभयो ।
उक्त बौद्ध चैत्य लगत इष्टिमेट ९०१३२२।५६ रुपैंयाँ रहेकोमा जिर्णोद्धारको लागि अनुगमन समिति गठन गरेको थियो । वडा सदस्य जितेन्द्र मुनांकर्मीको संयोजकत्वमा पाँच सदस्यी समितिमा सदस्यहरु तिर्थमान दुमरु, विकास राज बज्राचार्य, पद्म रत्न शाक्य, सुरेश ज्योति शाक्य रहेको अनुगमन समिति गठन गरेको थियो । उक्त ऐैतिहासिक बौद्ध चैत्य जिर्णोद्धार गर्न पुरातत्व विभागबाट आर्थिक सहयोग प्राप्त भएको र भक्तपुर नगरपालिकाको सहकार्यमा निर्माण कार्य हुनेछ ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...














