फागुनबाट इलाममा तारा एयरले उडान गर्ने ।

फागुनबाट इलाममा तारा एयरले उडान गर्ने ।
गोपाल निरौला, रेडियो नेपालवाणी एफएम, इलाम
इलामको फालगुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालनका लागी इलाम नगरपालिकाले एक नीजि विमान कम्पनीसँग उडान सम्झौता गरेको छ । निर्माण सम्पन्न भएको लामो समय सम्मपनि विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाएपछि नगरपालिकाले तारा एयरसँग उडान सम्झौता गरेको हो । सम्झौता अनुसार आगामी फागुन ८ गतेदेखी तारा एयरले प्रत्येक हप्ताको आइतबार काठमाण्डौ इलाम उडान गर्नेछ । उक्त उडानमा एकतर्फी भाडादर आठ हजार सात सय कायम गरिएको छ ।कम्तिमा १२ उडानसम्मका लागि नगरपालिकाले ११ सिटको ग्यारेन्टि गरेको छ । यात्रु नभएको खण्डमा उक्त सिट बराबरको रकम नगरपालिकाले तिर्नेछ ।विमानस्थल सञ्चालनमा आएपछि इलामको पर्यटन प्रर्वद्धनमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।विमानस्थल निर्माणमा करिब २८ करोड रूपैयाँ खर्च भएको थियो ।