भक्तपुरमा सञ्चालन भईरहेको अन्तर्राष्ट्रिय बजार पहुंच तालिम सम्पन्न

भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा भक्तपुरमा सञ्चालन भईरहेकोे सम्भावित अन्तर्राष्ट्रिय बजार पहुंच सम्बन्धी चारदिने तालिम आज एक कार्यक्रमकाबीच सम्पन्न भयो ।

कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु हुदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुको क्ष्ँमता अभिवृद्धिका लागि तालिम फलदायी हुने बताउनु भयो । सरोकारवाला निकायहरुको साथ सहयोग प्राप्त भएको खण्डमा जिल्लाका मौलिक उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुच पुर्याउन गाह्रो नहुने पनि बताउनु भयो ।

सो अवसरमा आफना धारणाहरु प्रस्तुत गर्नुहुंदै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक एवं तालिमका प्रतिक्ष्ँक श्री राजेन्द्र सिंले दुढ इच्छा शक्तिले नै अवसरको ढोका खोल्ने बताउनु भयो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले व्यवसायीलाई अवसर तर्फ दोहोर्याउने पनि वहांले सो अवसरमा बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्नु हुंदै श्री पशुपति भुसालले चार दिने तालिममा सहभागी भए पश्चात् आफूमा आत्मविश्वास बढेको बताउनु भयो । व्यवसायीहरुमा अझै पनि धेरै विषयहरुमा जानकारी अभाव रहेको कारणले गर्दा सहज तरिकाबाट जानकारी हासिल गर्ने वातावरण तयार हुनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी अर्का सहभागी श्री चन्देश्वरी सकुपायोले भरखर व्यवसायमा प्रवेश गरेका व्यवसायीलाई तालिम झनै उपलब्धी मुलक भएको बताउनु भयो । साथै वहांले सफल उद्यमी व्यवसायीहरु संग पनि अन्तरक्रिया गर्ने अवसर पाएको खण्डमा तालिम थप व्यवहारिक हुने तर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।

२५ जना विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको उक्त तालिममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक श्री राजेन्द्र सिं लगायत केन्द्रका अर्का उपनिर्देशक श्री सिद्धि चरण दाहाल र केन्द्रकै वरिष्ठ अधिकृत श्री गोविन्द आचार्यले तालिम प्रदान गर्नु भएको थियो । सोही अवसरमा सहभागीहरुले तालिमका दौरान तयार पारेको अन्तर्राष्ट्रिय बजार सम्भाव्यता सम्बन्धीको परियोजनाहरु समेत प्रस्तुत गरेका थिए ।