कोभिड संक्रमितको उपचारका लागि भक्तपुर नगरपालिकाको ७५ शैय्या आईसोलेसन तयार

कोभिड संक्रमण न्युनीकरणको लागि भक्तपुर नगरपालिकास्तरीय सीएमसी बैठक
२०७८ वैशाख १५ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्र (सीएमसी) को बैठक बुधबार नपाको सभाकक्षमा बस्यो ।
बैठकमा नगर प्रमुख प्रजापतिले कोभिड १९ संक्रमण न्युनीकरण प्रयासको क्रममा नगरपालिकाको तर्फबाट सामान्य संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन केन्द्र र जटिल बिरामीहरुको उपचारको लागि २५ बेडको एचडीयु (HDU) संचालनको लागि तयारी अवस्थामा रहेको जानकारी गराउनुभयो ।


उक्त बैठकले विश्वव्यापी रुपमा नया“ भेरियन्टसहित कोभिड १९ को महामारी फैलिरहेको संवेदनशील अवस्थामा कोभिड संक्रमण रोकथामको लागि नगरभित्र क्रियाशील राजनैतिक दलहरु, विभिन्न संघ संस्था, व्यवसायिक तथा सामाजिक संगठनहरु, टीम÷क्लब, पुस्तकालय, सहकारी तथा वित्तीय संस्थालगायत सरोकारवाला सबैमा जनचेतनामूलक गतिविधि गरी सहयोग गर्न आह्वान गर्ने निर्णय ग¥यो ।
साथै नगरभित्र रहेका सबै पार्टी प्यालेसहरु, संग्रहालय, सिनेमा हल, प्रशिक्षण केन्द्रहरु, जिमखाना, मनोरञ्जन स्थलहरुलगायत बन्द गर्ने र कुनै पनि किसिमको भिडभाड हुने भोजभतेर, चाड, पर्व वा मेला नगर्न तथा विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर मात्र र यस्ता कार्यमा १५ जनाभन्दा बढी नहुने सहभागिता नहुने गरी कार्य सम्पन्न गर्न सम्पूर्ण नगरवासीहरुमा आग्रह गर्ने निर्णय पनि उक्त बैठकले ग¥यो ।
बैठकले कोभिड संक्रमणबाट जनतालाई सुरक्षित गर्न प्रत्येक नागरिक घरबाट बाहिर निस्क“दा माक्स लगाएर मात्र निस्कन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न माइकिङलगायत संचार माध्यमबाट सम्पूर्ण नागरिकहरुलाई आग्रह गर्ने निर्णय ग¥यो ।
कोभिड नियन्त्रण र रोकथामको लागि आवश्यक आर्थिक एवं भौतिक सहयोगको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा बागमती प्रदेश सरकारस“ग माग गर्ने निर्णय बैठकले ग¥यो ।
नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित जनस्वास्थ्य केन्द्रबाट कोभिड–१९ विरुद्धको भेरोसेल खोप १७,७०८ जनाले र कोभिसिल्ड दोस्रो दोज ७०१ जनालाई दिइसकेको बैठकमा जानकारी गराउनुभयो ।
बैठकपश्चात भक्तपुर नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रका पदाधिकारीहरुले भक्तपुर नपा वडा नं. ९ ब्रम्हायणीस्थित आइसोलेसन केन्द्र र एचडीयूको स्थलगत निरीक्षण पनि गर्नुभयो ।