सू.न.पामा लैगिक हिँसा बढ्दो, पीडितलाई न्याय दिन कोष परिचालनको तयारी

सू.न.पामा लैगिक हिँसा बढ्दो, पीडितलाई न्याय दिन कोष परिचालनको तयारी
भक्तपुर, चैत्र १७ गते
भक्तपुरको सूर्यविनायक नगर क्षेत्रमा पनि महिला हिंसाका घटना वृद्धि भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विवाह दर्ता जतिकै सम्बन्ध विच्छेडका घटना दर्ता गर्नेको संख्या बढेको प्रति चिन्ता व्यक्त गर्दै स्थानीय जनप्रतिनिधीहरुले लैगिक समानताको प्रत्याभूति दिन लंैगिक हिंसा निवारण कोष स्थापना र कोष सञ्चालन कार्यविधि कार्यान्वयनको चरणमा रहेको बताए । महिला हिंसा देखिने गरी र पुरुष हिंसा नदेखिने गरी बढि रहेको भन्दै सरोकारवालाहरुले लैगिक हिंसा अन्त्यकालागि नगरव्यापी रुपमा जनचेतना अभिवृद्धिका गतिविधि भइरहेको भन्दै नगर उपप्रमुख सरिता भट्टराईले त्यस्तो घटनालाई सहजिकरण र पीडितको पक्षमा न्याय सम्पादन हुदै आएको बताउनु भयो ।

उहाँले भन्नु भयो, लिगको आधारमा हुने हिंसालाई लैगिक हिंसा भनिन्छ । कसैलाई कसैले जात,भाषा, लिंगको आधारमा भेडभाव गर्नु हुँदैन । नगरमा हिंसाको संख्या बढेपनि कोष परिचालन गर्न नपरेको तथा कार्यविधिमा समेत कमी रहेको औल्याउँदै उपप्रमुख भट्टराईले पीडितहरुलाई वडा, नगरपालिकासम्म ल्याउने वातावरण बनाउनुपर्नेमा जोड दिर्दै मेलमिलाप र न्यायनिरुपणमा आफूहरुको ध्यान गइरहेको बताउनु भयो । सू.न.पा ६ वडामा पाइलेट प्रोग्रामको रुपमा भइरहेको यो सामूहिक कार्यलाई व्यवसायिक र आर्थिक उन्नेयनकालागि गन्तव्यको पहिचान गर्दै मेरो सरकारले सहयोग गर्छ भन्ने भावना जगाउनुपर्नेमा उहाँले जोड दिनु भयो ।


आथिर्क रुपले सबल भएपछि मात्रै लैगिक हिंसाको अन्त्य र समानताको अनुभूति हुने भन्दै महिला जागरण तथा विकास केन्द्रका पूर्व अध्यक्ष डा.अनिता श्रेष्ठले महिलाको आर्थिक अधिकार सुनिश्चित गर्ने सम्बन्धमा अन्तराष्ट्रिय दस्ताबेजमा भएको व्यवस्था र अन्तर्राष्ट्रिय अभ्यासहरु बारे जानकारी दिनु भयो भने अधिबक्ता शशि अधिकारीले लैंगिक हिंसा निवारण कोष र नगरालिकाका नीतिहरु बारे प्रस्तुतीकरण गर्दै लैगिक हिंसा पीडितको न्यायमा पँहुच वृद्धिकालागि कोषको महत्व बारे प्रकास पारेका थिए ।

नगर उपप्रमुख भटट्राईले विरुवामा जल शेर्चन गरी उद्घाटन भएको सो एकदिवसिय गोष्ठिमा सूनपाका प्रवक्ता रविन्द्र सापकोटा र सूनपा ६का वडाध्यक्ष ईश्वर खड्काले पनि बोल्नु भएको थियो