नवदुर्गा गण नृत्यका मुकुट निर्माता वरिष्ठ कालिगढ
पूर्ण चित्रकार
–रत्न सायमी
काठमाण्डौ उपत्यका भक्तपुर नगरको नवदुर्गा गण नृत्य एउटा प्रसिद्ध नृत्य हो । यो प्राचीन कालदेखि सञ्चालनमा रहेको एउटा साँस्कृतिक कार्यक्रम पनि हो । नवदुर्गा नृत्यमा तेह्र जना देव– देवीको वार्षिक रुपमा मुकुट निर्माण गर्नु पर्ने हुन्छ । यस मध्ये बाह्र जना नृत्यमा प्रस्तुत हुन्छ भने महादेव मुकुट पूजा परम्परा मात्र चलाइन्छ । यो तान्त्रिक विद्याबाट सञ्चालन हुने नृत्य हो ।
नवदुर्गा गण नृत्यमा संलग्न हुने देव–देवीहरुमा महादेव, गणेश, ब्रम्हायणी, माहेश्वरी, कुमारी, वैष्णुवी, वाराही, इन्द्रायणी, महाकाली, सिम्व (सिंहिनी), कालभैरव, दुम्ब (व्याघ्रिणी) र श्वेत भैरव हुन । भक्तपुरको नवदुर्गा गण नृत्यमा प्रयोग हुने मुकुट वार्षिक रुपमा भक्तपुर याँछे टोलका वरिष्ठ कालिगढ पूर्ण चित्रकारले वनाउदै आउनु भएको छ । यस कार्यमा उहाँका दुई सुपुत्र सागर र राजेशले सहयोग गर्दै आइरहेका छन् ।

वरिष्ठ कालिगढ चित्रकारले वि।सं। २०२० सालदेखि निरन्तर यो मुकुट निर्माण कार्य गर्दै आउनु भएको छ । त्यसभन्दा अगाडि चित्रकार चार भाई हरिदास, तुल्सी, विष्णु बहादुर र सूर्य बहादुर चित्रकार परिवारले सयुक्त रुपमा मुकुट निर्माण कार्य गरेका थिए ।
मुकुट निर्माण कार्य घण्टाकर्ण पर्वबाट विधिवत शुभारम्भ हुन्छ । यसभन्दा अगाडि जेठ महिनामा माटो ल्याउने कार्य गरिन्छ । सो माटोलाई सुकाउने र धुल्याउने कार्य हुन्छ । माटोलाई मैदाको माडसँग मिसाइन्छ । यसपछि माटोलाई कपास राख्दै कुत्ने कार्य गरिन्छ ।
घण्टाकर्ण पर्वको दिन त्यस माटोबाट एउटा शिवलिङ्गको निर्माण गरिन्छ । सो शिवलिङ्गलाई नवदुर्गा देवगृहबाट आएका नवदुर्गा गण पात्र वनमाला सहित भएर पूजा गरिन्छ । यसको भोलीपल्टदेखि मुकुट निर्माण कार्यको शुभारम्भ हुन्छ । मुकुटहरु निर्माण गर्दा शिवलिङ्ग वनाएको माटोलाई सवै मुकुटहरुमा प्रयोग गरिन्छ ।
सर्वप्रथम सो तयारी माटोलाई मुकुट वनाउने साँचोमा राखी मुकुटको मुखाकृत निकालिन्छ । यसमा बोरा, कपडा, नेपाली कागज आदि ताँसेर मूर्तिको स्वरुप तयार गरिन्छ । मुकुट वलियो वनाउन यो कार्य गरिएको हो । मुकुटको स्वरुप तयार भएपछि । मुकुट पहिरिने वनमालाहरुलाई मुकुट पहि¥याई डोरी राख्ने काम हुन्छ ।
मुकुट वनाउदै जादा देवता साधनामा विभिन्न पूजा गर्नु पर्ने हुन्छ । यसमा कागेश्वरी अष्टमीको दिन चार वटा स्थानीय गणेशको पूजा गरिन्छ । पहिलो छुमा गणेश, सला गणेश, याँछे गणेश र मुकुट तयार गर्दै गरेको गणेशको पूजा गरिन्छ ।
माथि उल्लेखित विविध कृयाबाट मुकुटको स्वरुप तयार भएपछि सो मुकुटहरुमा रङ्ग लगाई सिंगार्ने काम हुन्छ । सो रङ्ग लगाउने कार्यमा पनि देवता पात्र अनुसार एक थरी मुख्य रङ्ग लगाउने कार्य हुन्छ । यसमा महादेव मुकुटलाई सिन्दुर रङ्ग, गणेश–सेतो, ब्रम्हायणी–पहेलो, माहेश्वरी–सेतो, कुमारी–कलेजी, वैष्णवी–हरियो, वाराही–कलेजी, इन्द्रायणी–सिन्दुर, महाकाली–कलेजी, सिम्व (सिंहिनी)–
सेतो, कालभैरव–कालो, दुम्व (व्याघ्रिनी)–रातो र श्वेतभैरवलाई सेतो रङ्ग लगाइन्छ ।
मुकुटमा रङ्ग भर्ने काम ज्यादै कथिन र संवेदनशिल कामको रुपमा लिइन्छ । यो काम ज्यादै होशियारीका साथ गर्नु पर्दछ । यो कथिन कार्यलाई सहज वनाउने कार्यमा वरिष्ठ कालिगढ पूर्ण चित्रकार र उहाँका दुई सुपुत्र दिनरात, घामपानी आदि केही नभनी लगनशिल भइ कार्य गरी रहन्छन् । अथक प्रयास पछि मुकुट निर्माणले पूर्णता लिदै गइरहेको हुन्छ । मुकुट स्वरुपमा जति निखार आयो त्यतिनै वरिष्ठ कालिगढका मुहारमा पनि चमकता आउदछ ।
यो मुकुटमा रङ्ग लगाउने काममा रङ्ग आपैm तयार गर्ने कार्यलाई विशेषताको रुपमा लिनुपर्दछ । कालिगढले रङ्ग वनाउने कच्चा पदार्थ बजारबाट खरिद गरी आफ्नै घरमा रङ्गहरु तयार गरिन्छ । जस्तै पहेलो रङ्ग वनाउन कच्चा पदार्थ हर्ताल (खानी ढुङ्गा) फुटाएर पिस्ने काम हुन्छ । रङ्गको धुलोलाई पानीमा
राखिन्छ । पानी माथिको पारोको भाग र मुनीको ढुङ्गाको भागलाई हटाएर बीचको रङ्गको भाग मात्र लिइन्छ । यो हर्ताल एक किसिमको विषादी हो । यसैले यो खरिद गर्न गाह्रो छ । यस्तै रातो रङ्ग वनाउन काची हिंगुललाई माथिकै कृयाअनुसार रङ्ग वनाइन्छ । यो काची हिंगुल खान हुने कच्चा पदार्थ हो । यसैले यसलाई औषधोपचारमा पनि प्रयोग गरिन्छ ।
वडा दशैं पूmलपाटी अघिल्लो दिनसम्म मुकुटलाई पूर्णता दिइसक्नु पर्दछ । यसपछि नवमीको दिन वरिष्ठ कालिगढको घरमा प्रदर्शन गरिन्छ । यसरी प्रदर्शनमा राखिएका मुकुटहरु विजया दशमीको विहानको रातमा नवदुर्गा गण पात्र वनमालाहरु आई लिएर जान्छन् ।
नवदुर्गा देव गणहरुका मुकुट निर्माण कार्य पहिले चारभाइ चित्रकार परिवारले गरी आएकोमा वि।सं। २०२० सालदेखि वरिष्ठ कालिगढ चित्रकारले मात्र गर्नु पर्ने वाध्यता रहेको छ । यो कार्य पहिले निःशुल्क नै गरिएको थियो । वि।सं। २०३६ सालबाट ६०४।–, वि.सं. २०४५ सालबाट ५०००।–, वि.सं.२०४८ सालबाट १०,०००।–, वि।सं। २०५२ सालबाट १२,०००।– र वि.सं. २०६७ सालबाट १५०००।–
राज्यकोषबाट वार्षिक खर्च प्रदान गरेको पाइन्छ । माटोदेखि सुनसम्म कच्चा पदार्थ राख्नु पर्ने यस कार्यको हाल लागत खर्च २,९१,२००।– रहेको छ । आर्थिक संकटको कारणले यो काम गर्न धेरै समस्या
रहेको छ तर पनि पुर्खाले गरिआएको काम छोड्नु भएन, जस्तै घाटा खाए पनि दुई छोराहरुको सहयोग लिएर यो काम गरिरहेको छु भनि वरिष्ठ कालिगढ चित्रकार बताउनु हुन्छ ।
यस नृत्यको ऐतिहासिकतामा सम्वन्धमा नवदुर्गा गण नृत्य उत्पत्ति तथा सञ्चालन कहिलेदेखि भयो भन्ने यकिन प्रमाण पाइएको छैन । यसको उत्पत्ति लोक कथनमा नै आधारित रहेको छ । यसै लोक कथनको आाधारमा यो नृत्य किराँतकालीन समयदेखि प्रचलनमा रहेको भन्ने यसको इतिहासमा उल्लेख रहेको पाइन्छ । उल्लेखित इतिहासको अèययनमा लिच्छवी राजा गुणकामदेवको राज्यकालमा तान्त्रिक विद्यामा पूर्ण रहेका सुनन्द आचार्य ९आचाजु० ले आफ्नो तान्त्रिक विद्याबाट देवी गणहरुलाई नियन्त्रणमा लिएको र घट्नाक्रममा पछि नृत्य प्रस्तुत हुन आएको उल्लेख रहेको छ ।
मल्लकालमा यो प्रसिद्ध नृत्यको संरक्षण र सम्वद्र्धनको लागि राज्यकोषबाट विशेष व्यवस्था गरिएको थियो । राजा जगतप्रकाश मल्लको समय ने।सं। ७६३–७९३ र राजा जितामित्र मल्लको समय ७९३–८१६ मा राज्य स्तरबाट नृत्य व्यवस्थापनका लागि दीर्घकालीन व्यवस्था मिलाएको यसका इतिहासमा उल्लेख रहेका छन् ।
सन्दर्भ ग्रन्थ
१। संक्षिप्त मातृका वर्णन तथा देवी नाच –लीलाभक्त मुनंकर्मी
२०७थ।८।८













