नेमकिपाको ५० औं स्थापना दिवस, पूँजीवादी प्रजातन्त्रमा नअलमलि सिधै समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड

नेमकिपाको ५० औं स्थापना दिवस, पूँजीवादी प्रजातन्त्रमा नअलमलि सिधै समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड
काठमाण्डौ, माघ १० गते
नेपाल मजदुर किसान पार्टीको ५० औं स्थापना दिवसको अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनलाई समाजबादी आन्दोलन तर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रज्ञा प्रतिष्ठान काठमाण्डौमा आज आयोजित स्थापना दिवसमा बोल्नु हुँदै नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले पूँजीवादी प्रजातन्त्रमा नअलमलि सिधै समाजवादी आन्दोलनलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन ।

सचिव सुवालले कम्युनिष्ट आन्दोलनलाई संशोधनबाद र अवसरवादबाट जोगाउन नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले नेमकिपालाई लेलिनबादी नीति अनुसार क्रान्तिकारी सांसदबादको उपयोग गर्दै आएको बताउनु भयो । पूँजीवादी प्रजातन्त्रको एक चम्चा पानीले जनताको प्यास मेटाउन नसक्ने भन्दै अध्यक्ष विजुक्छेले नेपालमा समाजबादी क्रान्तिलाई अगाडी बढाउन आग्रह गर्दै आएको सांसद सुवालले बताउनु भयो ।

उहाँले ८० लाख युवाहरुलाई विदेश पठाएर सत्तासिन दलहरुले देशलाई बर्वाद पारेको चर्चा गर्दै नेमकिपा स्थापना काल देखि नै देश र जनताको पक्षमा लड्दै आएको पार्टी भएको बताउनु भयो । उहाँले देशभरका विद्यार्थीहरुकालागि गुणस्तरीय र सुर्लभ शिक्षा दिन नेमकिपाले ख्वप विश्वविद्यालय स्थापनाको तयारी थालेको बताउनु भयो । कार्यक्रममा प्रध्यापक समाजका प्रकाश श्रेष्ठले इन्डोनेसियाको कम्युनिष्ट पार्टीको शिक्षा, इन्जिनियरिङ् समाजका सुजन माकले फासीवाद र नाजीवाद बारे प्रस्तुतीकरण गरेका थिए भने नेपाल भाषा साहित्य त:मुज्याका नरेश खत्रीले कम्युनिष्टि घोषणा पत्र बारे जानकारी दिएका थिए भने नेक्रायुसंघका अध्यक्ष मिनबहादुर बाताले नेपालका शासक दलहरु बारे विश्लेषण गरेका थिए । यसै बीच नेक्राविसंघका सुरेश परियारले इजरायली फासीवादबाट प्यालेस्टिनी भूमि कब्जा र जातीय नरसंहार र अधिबक्ता अनिता जधारीले नेपाल मजदुर किसान पाटी स्थापनाका आधारहरु बारे प्रस्तुतीकरण गरेका थिए ।


नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे खोकि संक्रमणकाकारण सभामा सहभागि नहुनु भएको ५० औ पार्टी स्थापना दिवसको अवसरमा नेमकिपा सचिब एवं सांसद प्रेम सुवालले “स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा”पुस्तक विमोचन गर्नु भएको थियो । कार्यक्रममा नेमकिपाका सनकमान महर्जनले प्रजग कोरियाको राजदूतावासले पठाएको बधाई पत्र बाचन समेत गरेको थियो भने नेमकिपाका नारायण महर्जनले स्वागत मन्तव्य व्यक्त गरेको थियो । यसै बीच नेमकिपा स्थापना दिवसको अवसरमा विभिन्न जिल्लाहरुमा विचार गोष्ठी तथा प्रवचन कार्यक्रमहरु आयोजना गरेको नेमकिपाले जनाएको छ ।