काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू हुँदै 

काठमाण्डौ उपत्यकामा एक हप्ता निषेधाज्ञा लागू हुँदै
काठमाण्डौ, बैशाख १३ गते
एक हप्ताको लागि काठमाण्डौ उपत्यकामा अत्यावश्यक बाहेकका सेवाहरुमा रोक लगाउने भएको छ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले उपत्यका बाहिरबाट भित्र्नेहरु तोकिएको क्वारेन्टिनमा बस्नुपर्ने उल्लेख गर्दै सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा समेत रोक लागएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै उपत्यकामा बैशाख १६ गते देखि २२ गतेसम्म निशेधाज्ञ लागु गर्ने भएको हो । निषेधाज्ञ बैशाख १६ गते विहान देखि २२ बैशाखको राती १२ गतेसम्मको लागि लागू हुने जनाएको छ । खाद्य सम्बन्धि पसलहरु भने विहान १० बजेसम्म र साँझ ५ बजे देखि ७ बजेसम्म खुलाउन सकिने प्रजिअहरुले निर्णय गरेको छ । भने अन्य कार्यालय तथा सवारीहरु सम्बन्धित कार्यालयहरुको परिचय पत्रको आधारमा सञ्चालन हुने छ ।