कोरोना जोखिमका कारण आज साँझ नै नवदुर्गा गणले दशै मनाउँदै

कोरोना जोखिमका कारण आज साँझ नै नवदुर्गा गणले दशै मनाउँदै
भक्तपुर, कार्तिक ९ गते
कोरोना भाइरस संक्रमणको जोखिमका कारण आज साँझ नै नवदुर्गा गणले विजया दशमी मनाउने भएको छ । मोहनी नखाः (विजया दशमी)को अवसरमा भक्तपुरमा मनाईने खःम्ये जात्रा आज साँझ ६ बजे विधिपूर्वक सम्पन्न गर्ने भएको हो । सधै साँझ र रातको समयमा हुने खःम्ये जात्रा यसपालि कोरोना भाइरसको जोखिमका कारण आइतबार विहानै खःम्ये जात्रा गरेको थियो । भक्तपुर नगरपालिका वडा नम्वर ९स्थित नवदुर्गा मन्दिरमा राखिएको खः म्येलाई आज विहान ४ बजे नै ब्रम्हायणी पीठसम्मको यात्रा गराएको नवदुर्गा नाँच तथा मन्दिर व्यवस्थापन समितका अध्यक्ष विजेश बनमालाले जनाएको छ । सर्व साधारण समुदायलाई जानकारी नहुने गरी वा हुमलमुल नहुने हिसाबमा सिमित व्यक्तिहरु रहेर खःम्ये यात्रा गराए पनि ब्रम्हायणी पीठसम्म पुग्दा सयौंको संख्यामा जात्रालुहरुको सहभागिता भइ सकेको थियो । कोरोनाको जोखिम नहुने गरी खःम्ये यात्रा गराउने तयारी हुँदा हुँदै एक कान दुई कान हुँदै सयौको संख्यामा सहभागि भए पनि विगतको तुलनमा धेरै कम मात्र जात्रालु सहभागि रहेकाले कोरोना भाइरस संक्रमण व्यवस्थापनका साथ खःम्ये जात्रा गरिएको हो । रातको समयमा थप जोखिम हुने भन्दै आज साँझ नैं विधिपूर्वक खःम्ये बद गरेर खःम्ये जात्रा सम्पन्न गर्ने भएको हो ।


म्हेखासुर रुपी खः म्येलाई बद गरी विजया दशमी मनाउने नवदुर्गा संस्कृतिको परम्परागत सुभसाइतलाई समेत छोडेर हुलमुल नहुने गरी आज विहानै खः म्येको यात्रा गराएको थियो भने आज साँझ ६ बजेसम्ममा खः म्येलाई विधिपूर्याएर बद गर्ने गरी परम्परागत पूजापाठ भइरहेको अध्यक्ष बनमालाले जनाएको छ ।
जनताको आर्थिक, भौतिक सहयोगबाट चलाउँदै आएको नवदुर्गा नाँच ५ सय वर्ष पूरानो मल्लकालिन नाँचको रुपमा परिचित छ । ५ सय वर्षसम्म नवदुर्गाको जात्रा निरन्तर रुपमा मनाउँदै आएको इतिहास साछि रहेकाले यो जात्रा हजारौं वर्ष पूरानो हुन सक्ने उहाँको आंकलन छ । कुनै तथ्य प्रमाण उल्लेख नभए पनि छ्यासाफुमा केही त्यस्ता तिथी मिति समेत उल्लेख रहेको देखिएको तथा नेवारहरु रहेका पनौति, बनेपा, पशुपति, साँखु र भक्तपुर नगरमा पनि नवदुर्गाको नाँच गान हुँदै आएकाले नेवा राज्यको सुरक्षा कवजको रुपमा यस जात्रालाई सदियौं देखि मनाउँदै आएको हुनुपर्ने उहाँको तर्क छ । नेपाल सम्वत ६३३ सालका मल्ल राजा सुवर्ण देवले यस जात्रालाई व्यवस्थापन गरी मन्दिर जीर्णोद्धारसमेत गरी जात्रा व्यवस्थापन गरेको तथ्य भक्तपुर नगरपालिकाले प्रकासन गरेको ख्वपको पहिचानमा समेत उल्लेख गरि सकेकाले यो जात्रा मल्ल कालको मात्र नभएको अध्यक्ष बनमालाले बताए ।


सामाजिक, आर्थिक सचेतनाका साथै धार्मिक विश्वासका साथ दशैं पर्व सँगै नवदुर्गाको जात्रा वर्षको ८ महिला मुकुण्डो सहित र बाँकी ४ महिना मुकुण्डो विना पर्व धान्दै आएका बनमाला समुदायले जात्रा पर्व चलाउन धेरै समस्या खेप्दै आएको उल्लेख गरेका छन् । पछिल्लो चरणमा २०४५ सालको भूकम्पले प्रभावित नवदुर्गाको मन्दिर भक्तपुर नगरपालिकाले जीर्णोद्धार गरि दिएको थियो भने नवदुर्गा नाँच व्यवस्थापन समिति र मन्दिर व्यवस्थपन समितिलाई एउटै समिति बनाएर हाल सञ्चालनमा रहेको पनि उहाँले उल्लेख गरेका छन् । जिल्ला प्रशासनका संस्था दर्ता गरी सरकारी तथा विभिन्न निकायहरुको सहयोग समेत जम्मा गर्ने हिसावले हाल अक्षकोष समेत सञ्चालनमा ल्याएको उहाँले बताए । विभिन्न क्षेत्रबाट हाल ५० लाख रकम अक्षयकोषमा जम्मा भइ सकेको भए पनि जात्रा व्यवस्थापनमा त्यसबाट आउने ब्याजले मात्रै खर्च धान्न नपुग्ने भएकाले कम्तिमा ६ करोडको अध्यक्षकोष स्थापनाको तयारी भइरहेको पनि अध्यक्ष बनमालाले जनाए । पर्याप्त अक्षकोष स्थापना गरी जात्रामा देवदेवी भएर योगदान दिनेलाई उचित पारिश्रमिक दिने ब्यवस्थाको लागि पनि अक्षकोषको रकम बढाउन आवश्यक भएको उहाँले बताए ।
आज खः म्ये जात्रा पश्चात नवदुर्गाका मुकुण्डो प्रदर्शन र देवगनलाई मुकुण्डो हस्तान्तण पनि हुलमुल नहुने गरी आज राति नै गरि सक्नुपर्ने उहाँले जनाएका छन् भने भोलि विहान भक्तजनको पूजापाठ पश्चात नवदुर्गा गणलाई तलेजुमा भेत्न लगाउने परम्परा रहेका छ । नवदुर्गा र तलेजु दीदि बिहीनी भएको उल्लेख गर्दै दशैको दिनमा भेट गराउने मूल्य मान्यतासँगै पाय् न्हाकेगु जात्रा अन्तर्गत घोडा जात्रा समेत गर्नुपर्ने परम्परा रहेको छ । यद्यपी कोरोना भाइरसको सक्रमणको जोखमिका कारण तलेजुमा पनि यसपालिको दशैमा कुनै पनि पशु पन्छि बलि नदिइ कोत पर्व र पूजा गर्ने तलेजुका मुल नाइके नरेन्द्र प्रसाद जोशीले जनाएका छन् । जोशीका अनुसार आजराती कोट पर्व अन्तर्गत ५४ राँगा,३२ वोका ३२ हाँसको बलि दिएर कोट पर्वमा बढाई चढाउने परम्परा रहेको भए पनि यसपटकलाई हिँसा विना विधि धानेको नाइके जोशीले बताउनु भयो । कोरोना जोखिमका कारण घोडा जात्रा पनि नगर्ने तथा कुमारीलाई पनि कुमारी गृहमै राख्ने भएकाले कोरोनाको जोखिम कम हुने गरी जात्रा व्यवस्थापन गरेको आयोजकहरुले बताएका हुन । भक्तपुर नगरपालिका, जनप्रतिनिधी, जात्रालु एवं व्यवस्थापक तथा सुरक्षा निकायहरुसँगको छलफल अनुसार कोरोना भाइरस संक्रमण व्यवस्थापनका साथ जात्रा मनाइरहेको आयोजकहरुले जनाएका छन् ।