आज २८५६ थप संक्रमित, सक्रिय संक्रमति ४५ हजार ५७२
काठमाण्डौ, कार्तिक ९ गते
काठमाण्डौ उपत्यकाका १ हजार ५३५ जना सहित आज देशभर २ हजार ८५६ जनामा थप कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका कोरोना संक्रमितसँगै कुल संक्रमतिको संख्या १ लाख ५८हजार ८९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको आरटी पीसीआर परीक्षण गर्दा २ हजार ८५६ जना संक्रमित थपिएका थिए भने ३ हजार ३३६ जना कोरोना संक्रमित निको भएर घर फर्किएपछि कोरोना निको हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ जना छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको छ।
काठमाण्डौ उपत्यकामा आज ९०६ पुरुष र ६२९ महिला गरी १ हजार ५३५ जना संक्रमित थपिएका थिए । तिनिहरु मध्ये काठमाण्डौ जिल्लाका मात्रै १ हजार २२५, ललितपुरका १ सय ४७ जना र भक्तपुरका १६३ जना रहेका थिए । काठमाण्डौ उपत्यकामा देखिएका ४५ हजार ४४५ संक्रमितहरु मध्ये हाल २३ हजार ७५० संक्रमित रहेको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाबाट मृत्यु भएका ८४७ जना मध्ये उपत्यकाकै ३०३ जना रहेका छन् ।
Featured Posts – Style 1
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
2026-04-16 Comments Off on जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद भक्तपुर । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई...
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
2026-04-16 Comments Off on चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिक
चैत्र महिनाभरीको भक्तपुर प्रहरीको कार्यसम्पादन विवरण सार्वजनिकभक्तपुर, बैशाख २ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले चैत्र महिनाभरी गरेका कार्य सम्पादनहरुको विवरण आज...
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
2026-04-15 Comments Off on आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरित
आइतबार विदा दिने निर्णय संधीयता विरुद्ध र स्वायतत्ता र विकेन्द्रीकरण सिद्धान्त विपरितभक्तपुर, २ बैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई...
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
2026-04-12 Comments Off on सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिक
सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो संस्करण सार्वजनिकभक्तपुर, चैत्र २९ गतेभक्तपुर नगरपालिकाले सय वर्षपछिको भक्तपुर पुस्तकको तेस्रो सृंखला आज सार्वजनिक गरेको...
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
2026-04-12 Comments Off on अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कार
अपांगता सम्बन्धी रिपोटिङ्गका अनुभव र चुनौति बारे पत्रकार साक्षात्कारभक्तपुर, चैत्र २९ गतेअपांगता समबन्धी रिपोटिङ्ग गर्दाका अनुभव र चुनौतीहरुका सवालहरुमा आज...














