भक्तपुर नगरपालिकाको सम्पूर्ण पद्मा अत्यधिक मतले मादल विजयी
भक्तपुर, जेष्ठ १गते
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीको मादलले सम्पूर्ण पद्मा अत्यधिक मतले विजयी भएको छ । मादलको नगर प्रमुखका उम्मेदवार सुनिल प्रजापतिले २९२०० मत, उपमेयर रजनी जोशी श्रेष्ठले २९६९५ मत सहित १ देखि १० वडा सम्मका सम्पूर्ण जनप्रतिनिधीहरु निर्वाचित भएको छ । निर्वाचन अगाडी नै दुई जना दलित उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको यस नगरपालिकामा निकतम प्रतिद्वन्धी रुखले प्रमुख र उपप्रमुखमा ३३५२ र १९७८ प्राप्त गरेका थिए भने नेकपा एमालेको सूर्यले २८३७, २७८४ मत प्राप्त गर्दा २५ हजार भन्दा बढी मतान्तरले नेमकिपाको मादलका जनप्रतिनिधीहरु विजयी भएका हुन । विजय पश्चात जनतासँग छलफल गरी जनताको आवश्यकता र नेमकिपाको निर्वाचन घोषणा पत्र अनुसार काम गर्ने नगर प्रमुख प्रजापतिले प्रतिबधता ब्यक्त गर्नु भयो । अत्यधिक बहुमतले विजयी भएपछि जनप्रतिनिधीहरुले आआफ्नो वडामा विजयर्याली गरेका थिए भने भोलि नगरभर विजयर्याली गर्ने तयारी छ ।
भक्तपुर नगरपालिकामा ५७२७० मतदाताहरु मध्ये ४३३५९ जनाले मतदान गरेका थिए । सो मतगणना सम्पन्न हुँदा करिव ७० प्रतिशत मत प्राप्त गरी मादलले सान्दार जित हासिल गरेको हो । सो नगरपालिकाको वडा नम्वर १का वडाध्यक्ष श्यामकृष्ण खत्रीले निकतम प्रतिद्वन्धी सूर्य रुख सहितको गठबन्धनले प्राप्त गरेको ८५३ मत विरुद्ध २१४३ मत प्राप्त गरी विजयी भएका थिए भने वडा नम्वर २ मा हरिप्रसाद बासुकलाले २६२५ मत प्राप्त गरी विजयी भएको थियो । वडा नम्वर ३ का राजकृष्ण गोराले पनि निकटम प्रतिद्वन्धी रुखको ७०५ विरुद्ध २६२५ मत प्राप्त गरी विजयी भएका थिए । वडा नम्वर ४का उपेन्द्र सुवालले पनि निकतम प्रतिद्वन्धी रुखको ७११ को ५ गुण बढी ३५६२ मत प्राप्त गरी विजयी भएका थिए भने वडा नम्वर ५ मा मादलकै योगेन्द्र मान बिजुक्छेले निकतम प्रतिद्वन्धी रुखको ६५७ को करिव ४ गुण भन्बदा ढी २७७६ मत ल्याएर विजयी भएका थिए । यसै गरी वडा नम्वर ६का पिएचडीवाला डाक्टर वडाध्यक्षको नामले परिचित हरिराम सुवालले ३२४१ मत लिएर विजयी भएका थिए । उनको निकतम प्रतिद्वन्धी सूर्यले ३२५ मत पाएका थिए । वडा नम्वर ७मा मादलका उकेश कवांले ३९६९ मत लिएर विजयी भएका छन् भने ८ वडामा मादलका कृष्णप्रसाद कोजूले २२७९ मत प्राप्त गरी विजयी भएका हुन । उनको निकतम प्रतिद्वन्धी सूर्यले ११९ मत प्राप्त गरेका थिए भने वडा नम्वर ९मा मादलका रविन्द्र ज्याख्वले ४२२७ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्धीले २८७ मत मात्र प्राप्त गरेका थिए । यसै गरी वडा नम्वर १०का मादलका लक्ष्मिप्रसाद ह्यौमिखाले २६२६ मत प्राप्त गरिी वियी भएका थिए ।
Featured Posts – Style 1
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
2026-09-07 Comments Off on प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग भक्तपुर । २०८३ भदौ २२ २०८३ भदौ १०...
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
2026-09-07 Comments Off on सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या
सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या भक्तपुर, २१ भदौ । “मिठो फलका लागि राम्रो बीउको...
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
2026-09-07 Comments Off on ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान
ॐ कारेश्वर बहुउद्देश्यीय सामुदायिक भवनको समुद्घाटन तथा सहयोगिलाई सम्मान भक्तपुर भक्तपुर नगरपालिका वडा नं. १०, कमलविनायकस्थित ॐ कारेश्वर प्रगति सेवा...
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
2026-09-07 Comments Off on भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न
भक्तपुर वडा नं। ६ द्वारा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्नभक्तपुरभक्तपुर नगरपालिका वडा नं। ६ वडा कार्यालयको आयोजनामा...
प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
2026-09-07 Comments Off on प्राज्ञ कवि प्रतिसरा सायमीलाई अभिनन्दन
भक्तपुर साहित्यिक समाजले प्राज्ञ कवि प्रतिसरा सायमीलाई नेपालभाषा र साहित्य क्षेत्रमा निरन्तर समर्पित भई पुर्याउनु भएकाे अमूल्य याेगदानकाे कदर गर्दै...











