निश्पक्ष निर्वाचनको आह्वानसँगै नेमकिपाले पनि गरे उम्मेदवारी दर्ता

निश्पक्ष निर्वाचनको आह्वानसँगै नेमकिपाले पनि गरे उम्मेदवारी दर्ता
भक्तपुर,
सरकारले बस भन्ने बस्ने उठ भन्ने उठ्ने निर्वाचन आयोगले निश्पक्ष निर्वाचन गराउन नसकिने भन्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नम्वर १का उम्मेदबार प्रेम सुवालले निश्पक्ष निर्वाचनका लागि आयोगले कर्मचारी राम्रोसँग खताउन नसकेको बताएका छन् । निर्वाचनमा धादली भए निर्वाचन आयोग नै धेर्ने चेतावनी दिदै नेता सुवालले नेमकिपाको निर्वाचन घोषणा पत्र अनुसार देश र जनताको इमान्दारिपूर्वक सेवा गर्ने, विशेष गरी देशको सार्वभौमिकता रक्षाका लागि आवाज उठाई दिने, सिमा सुरक्षा र देशको भूमि अतिक्रमण रोक्न सुस्ता, महाकालि सन्धि देखि एमसीसी र एसपीपी सम्झौताहरु खारेजै गराउनमा जोड दिने बताउनु भयो । एसपीपी सम्झौतामा नेपाली सेना व्यारेकलाई अमेरिकी सेनाले परिचालन गर्ने उल्लेख रहेको उहाँले बताउनु भयो । जनताले निर्वार्चित गरेका प्रतिनिधी सभाका सांसदको कर्तव्य भन्नेको नीति निर्माण गर्ने, विद्येयक बनाउने, सन्धि सम्झौताहरुमा आवाज उठाउने र प्रदेश सांसदहरुले प्रदेश र देशको रुक्षाका लागि बोल्ने हो भन्नु भयो । आफ्नो निर्वाचन क्षेत्रको लागि मात्र सांसदले बोल्ने होइन त्यसकारण देशको बफादार सिपाईको रुपमा देश र जनताको सेवा गर्ने प्रतिबधता जनाउनु भयो ।


विदेशमा रहेका देशका ८० युवाहरुलाई स्वदेशमै रोजगार दिनुपर्नेमा जोड दिदै नेता सुवालले सरकारले २० खर्व ऋण लिएर नेपाली जनताको टाउकोमा ७५ हजारको ऋण बोकाएको छ भन्दै त्यसको विरोधमा आवाज उठाएर आन्तरिक उत्पादन बढाउन जोड दिने बताउनु भयो । सरकारले ३६५ मगावाट विजुली भारतलाई दिएर महंगोमा ग्यास किनिरहेको उल्लेख गर्दै उहाँले नेपालीलाई सस्तोमा विद्युत दिएर ग्यास विस्थापित गर्न, ४० प्रतिशत तरकारीहरु, चामल समेत भारतबाट ल्याउने गरेको र २० खर्व ब्यापार घाटाको विरुद्ध सरकारको ध्यानाकर्षण गराउन भूमिका खेल्ने बताउनु भयो । अहिलेसम्मका सरकारले सडक जामसम्म हटाउन नसकेको उल्लेख गर्दै सिंहदरवार भ्रष्टाचारको अखदा किन भयो भनि सोध्दा कार्वाही गर्यो भन्ने ४ जना पनि नबच्ने देशको स्थिति रहेको यी सबै विषयहरु देश र जनताको विषय भएको बताउनु भयो ।
सो अवसरमा नेता सुवालले भक्तपुर क्षेत्र नम्वर १बाट आफै प्रेम सुवाल प्रदेशमा १मा मिनबाहादुर बाटा, २ मा सुरेन्द्रराज गोसाई र भक्तपुर क्षेत्र नम्वर २मा अनुराधान थापामगर, १मा सरोजराज गोसाई २मा रमेश बैद्यलाई नेमकिपाले निर्वाचन आयोगमा उम्मेदबार नाम दर्ता गाएको बताउनु भयो । कार्यक्रममा भक्तपुर क्षेत्र नम्वर १ १का नेमकिपा उम्मेदबार मिनबहादुर बाटाले निर्वाचन हारजित भन्दा पनि अहिले राष्ट्रियताको सावाल महत्वपुर्ण भएकाले राष्ट्रिय स्वाधिनका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो भने २का उम्मेदवार सुरेन्द्रराज गोसाईले पनि जनताको मताधिकार राष्ट्रियता र प्रखर प्रतिपक्षको भूमिकाको लागि हुनुपर्नेमा जोड दिनु भयो ।