जुवा तास खेल्ने नगद रु. २ लाख २६ हजार सहित १७ जना पक्राउ
भक्तपुर, पुस ८ गते
भक्तपुर प्रहरीले जुवा तास खेलि रहेको भन्दै १७ जनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर जिल्लाका विभिन्न स्थानहरुबाट ति मानिसहरु प्रहरीद्वारा नियन्त्रण्मा लिएको जनाएको हो । यसरी नियन्त्रणमा आएकाहरुबाट २ लाख२६ हजार १२५ रुपियाँ बरामद गरेको भक्तपुर प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक प्रकाश जवेजुले जनाएको छ । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका वडा नं. ८ मालपोत कार्यालय नजिकै पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा ७ जना मानिसहरुलाई नियन्त्रणमा लिई ६ बुक तास र नगद रु. ७३,७२५।– (त्रिहत्तर हजार सात सय पच्चिस रुपैँया) समेत खेलिरहेको स्थानबाट बरामद गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी जवेजुले जनाएको छ । यसै बीच सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवी स्थित एक पक्की घरमा पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले छापा मार्दा १० जना मानिसहरुलाई नियन्त्रणमा लिई ३ बुक तास र नगद रु. १,५२,४००।– (एक लाख बाउन्न हजार चार सय रुपैया) समेत खेलिरहेको स्थानबाट बरामद गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी थप अनुसन्धान कार्य भईरहेको छ ।















