लक डाउनले रोकिएको सडक कालो पत्र सुरु

भक्तपुर, बैशाख १६ गते
कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि जारी लकडाउनले रोकिएको सडक कालो पत्रे  योजना सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १० र ८मा पर्ने कलमविनायक र जगाति सडकमा पीच थालेको हो । सडक विभाग भक्तपुरको एक करोड ४९ हजार लागत इष्टिमेटमा सो सडकमा काले पत्र भइरहेको हो । सडक पेटी बनाउन्दै कमलविनायक देखि जगातिसम्मको सडकमा कालो पत्रको काम भइरेहेको भन्दै ठेकेदार राजाराम न्हिसुतुले अहिले च्याम्हासिंह देखि जगातिसम्मको काम भइरहेको र त्यसपछि च्याम्हासिंहबाट कमलविनायकसम्म पीच गर्ने बताएका छन् । न्हिसुतुको आरआर कन्स्ट्क्सनको ठेक्कामा सो काम भइरहेको छ । लक डाउनको बेलामा पनि विकास निर्माण कार्य थाल्ने सरकारको रणनीति अनुसार लक डाउनमा पनि कमलविनायक देखि जगातिसम्म दुई लेन र च्याम्हासिह देखि जगातिसम्म ४ लेनको सडकमाथि कालो पत्रे गर्ने काम सुरु गरेको ठेकेदार न्हिसुतुले बताएका छन् । सो सडकका कालो पत्रहरु चिरा चिरा परेपछी  सडक बिभाग भक्तपुरको यो आर्थिक बर्षको बजेटले सडक पीच भएको हो ।  सो कार्यको स्थानीय जनप्रतिनिधिले नियमन समेत  गरेको छ ।