भक्तपुर, बैशाख १६ गते
पैसा तिरेर पनि खाद्यान्न किन नपाएपछि भक्तपुरका उपभोक्ताहरु आक्रोसित भएका छन् । दुई घण्टा लाइनमा बसेर पनि पालो आउने बेला खाद्यान्न सकियो भनेपछि उपभोक्ताहरु आक्रोसित भएका हुन । सूर्यविनायकस्थित साल्ट टेडिङ्ग कर्पोरेशन लिमिटेड भक्तपुरको सहुलियत दरको खाद्यान्न बिक्रि कक्षस्थलबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्ताका आवश्यकता अनुसार खाद्यान्न बिक्रि वितरणको व्यवस्था गर्न नसक्दा दैनिक झै उपभोक्ताहरु खलि हात फर्किनु परेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

कोरना भाइरसको जोखिम व्यवस्थापनकालागि जारी लक डाउनको समयमा समेत सामाजिक दुरी बिर्सेर घण्टौ लाइनमा बस्दा पनि पालो आउने बेला चामल सकिने गरेकोे भन्दै उपभोक्ताहरुले चालम बिक्रि बितरणमा पक्षपात गरेको आरोप लगाएका छन् । उपभोक्ताको चाप अनुसार एक एक बोरा मात्र बितरणको व्यवस्था गरेको भए धेरै उपभोक्ताले पाउने तर एकै जनाले पनि पैसा तिरेपछि २ बोरा भन्दा बढी चामल खरिद गरी लगि रहेकाले सर्वसाधारण उपभोक्ता मारमा परेको उपभोक्ताहरु गुनासो छन् ।
हिजोसम्म कुपनबाट खाद्यान्न बिक्रि गरिएको भए पनि आज कुपन विनै खाद्यान्न बिक्रि गर्दा र उपभोक्ताहरुको चाप पनि बढ्दा भने पुग्ने गरी चालम बितरण गर्न नसकेको देखिन्छ । दैनिक २ सय बोरा मात्र चामल बिक्रि बितरण गरिरहेकाले उपाभोक्ताको माग अनुसार वितरण व्यवस्था हुन नसकेको भन्दै कम्पनीका दिपा शर्माले त्यसमाथि प्रतिव्यक्रि दिनमा २ बोरासम्म बितरण गरिरहेको बताउँछन् ।
उपभोक्ताको चाप बढेपछि प्रतिव्यक्ति एक एक बोरा मात्र बिक्रि गर्ने व्यवस्था गरेका भए पनि धेरैले राहात पाउने उपभोक्ताहरुको भनाई छ ।
लक डाउनको समय सुरु भएपछि मात्रै सेवामा आएको सो खाद्य व्यवस्था तथा व्यापार कम्पनी भक्तपुरले जनभावनाको कदर गर्न सकिरहेको देखिदैन । सिमित कर्मचारीले बिक्रि वितरणका लागि बढ्दो उपभोक्ताको चाप थेग्न मुक्लि परेको देखिन्छ । यतासँगैको साल्ट टेडिगले पनि चिनीको मौजात नभएको भन्दै आज बिक्रि बितरण बन्द राखेको छ । प्रतिकिलो बजारमा रु.८०।८५ सम्म लिने चिनी त्यहाँबाट रु. ७३ ले बिक्रि बितरण गरिरहेकाले पनि उपभोक्ताको चाप बढी रहेको छ र पनि उपभोक्ताको माग अनुसार बिक्रि वितरणका लागि आपूर्तिमा समस्या रहेको साल्ट टेडिंगका कर्मचारी गौरब नेपाल बताउँछन् ।
सरकारी सहुलियत दरको सो बिक्रि कक्ष विहान १० बजे देखि १ बजेसम्म मात्र खुल्दै आएकाले कोरना भाइरसको जोखिमलाई बेवास्था गर्दै लक डाउनलाई समेत उलंघन गरी भक्तपुरका उपभोक्ताहरु खाद्यान्न जोह गर्न यतिबेला डोडधुप गरिरहेका छन् ।













