जघन्य अपराध गर्नेहरुको लागि मृत्युदण्डको व्यवस्था हुनुपर्नेमा जोड
भक्तपुर, २०७८ मंसीर १९ गते आइतबार
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपाद्वारा आइतबार आयोजित लैंड्डिक हिंसा विरुद्धको १६ दिने अभियानको प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै पुँजीवादी राजनैतिक व्यवस्थाका कारण देशमा महिला माथि यौन दुव्र्यवहार, बलात्कार र बलात्कार पछि हत्या लगायतका विभिन्न अमानवीय व्यवहार भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “संविधानमा आरक्षणको व्यवस्था पछि विद्या भण्डारी, आरजु देउवा, सुजाता कोइराला, प्रतिभा राणा जस्ता व्यक्तिहरु राष्ट्रपति, मन्त्री, सभामुख भए तर महिलाहरुको उत्थानको निम्ति कुनै कानुन बनाएनन् । त्यसैले महिला प्रतिनिधित्व प्रतिशतमा भन्दा पनि वगीर्य प्रतिनिधित्वमा ध्यान दिनुपर्छ ।”

पूँजीवादी देशहरुमा समेत जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डको व्यवस्था रहेको उल्लेख गर्नुहु“दै प्रमुख प्रजापतिले “मृत्युदण्डलाई कानुनी बन्दोबस्त गर्न सके अपराधीले त्यस्ता जघन्य अपराधका घटना बारम्बार दोहो¥याउन सक्दैनन् ।” भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भनपा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्थाहरु सञ्चालन गरी नगरबासीहरुलाई कम शुल्कमा गुणस्तरीय शिक्षा पाउने हकको सुनिश्चितताको लागि कार्य गरिरहेको बताउनुहुँदै भनपाले प्रमाणपत्र तह र सोभन्दा माथि अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्रवृत्ति र ५ लाख रुपैंयासम्मको शैक्षिक ऋणको व्यवस्था गरेको जानकारी दिनुभयो ।
उहाँले नपाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरुका लागि स्थानीय पाठ्यक्रम तयार गरी भक्तपुरको मौलिक विषयवस्तु, कला, सँस्कृति लगायत मूर्त र अमूर्त सम्पदाहरुको बारेमा शिक्षा प्रदान गरिरहेको बताउनुहुँदै महिला तथा वालवालिका समितिको तर्पmबाट विभिन्न भाषाका तालिम र सीपमूलक तालिमहरु आयोजना गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुर जिल्लमा महिलां हिंसाको अवस्थाबारे संक्षिप्त जानकारी दिनुहुँदै लैड्डिक हिंसा न्यूनीकरणको लागि शासन व्यवस्थालाईनै लैड्डिकमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले जिल्लाको सम्पदा संरक्षण लगायत विकास निर्माण र न्यायिक समिति मार्पmत गरिरहेको कार्यलाई नमूनायोग्य रहेको चर्चा गर्नुहुँदै लैड्डिक हिंसा अभियानलाई १६ दिनमा सीमित नगरी वर्षैभरी हिंसा विरुद्ध सुसूचित रहनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षेक शिवकुमार श्रेष्ठले भक्तपुर जिल्लामा भइरहेको अपराधको तथ्यांकलाई प्रस्तुतिकरण मार्पmत देखाउनुहुँदै लैड्डिक हिंसा मुक्त समाज निर्माणका लागि निरन्तर अभियान संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा अधिवक्त गम्भीरमान ज्याख्वले लैड्डिक हिंसा न्यूनीकरणसम्बन्धी संक्षिप्त प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो भने भनपा–३ का वडाध्यक्ष राजकृष्ण गोरा र कार्यपालिका सदस्य रोशनमैंया सुवालले पनि बोल्नुभएको थियो ।














