मध्यपुर महोत्सवको दोस्रो दिन, अवलोकनकर्ताहरुको भीड

मध्यपुर महोत्सवको दोस्रो दिन, अवलोकनकर्ताहरुको भीड
मध्यपुर, पुस १३ गते
३ दिने मध्यपुर महोत्सवको आज दोस्रो दिन लाखौले अवलोकन गरेका छन् । आज शनिबार भएर पनि अवलोकनकर्ताहरुको भिड लागेको छ भने हिजो उद्घाटनको दिन राति ९ बजेसम्म पनि अवलोकनकर्ताहरुको भिड लागेको मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले जनाएको छ । महोत्सवको अवसरमा नगरवासीहरुले सोचे भन्दा बढी आफ्नो मौलिक कला संस्कृति र सभ्यता तथा उत्पादनहरुलाई टोल टोलमा प्रदर्शनी गरेर मध्यपुर थिमीलाई चिनाउने अवसरको रुपमा मध्यपुर महोत्सव भव्यरुपमा चलिरहेको उपप्रमुख श्रेष्ठले बताए । उपप्रमुख श्रेष्ठका अनुसार ३ दिने महोत्सवको अवसरमा ५ लाख भन्दा बढीले महोत्सव अवलोकन गर्ने अनुमान गरेको छ ।


मध्यपुरको कला संस्कृति, जनजीवन, नाँचगान एवं शैक्षिक प्रदर्शनी, मौलिक उत्पादन, घरेलु तथा हस्तकला प्रर्दषनी, योमारी, चतामारी, बः सम्येबजी सहित खाद्य स्थलहरु तथा पर्यटन प्रवर्धन र आर्थिक समृद्धिका विभिन्न विषयहरुमा समेत विज्ञहरु बीचको छलफलले महोत्सवको गरिमा बढाएको अवलोकनकर्ताहरुको भनाई छ ।