कोरना भाइरसको स्वाब संकलन केन्द्र स्थापना

भक्तपुर, चैत्र २७ गते
ख्वप अस्पताल निर्मानाधिन क्षेत्र जनस्वास्थ्य सेवा केन्द्र च्याम्हासिंह भक्तपुरमा कोरना भाइरसको स्वाब संकलन कक्ष स्थापना गरेको छ । लक्षण देखिएका विरामीहरुबाट स्वाब संकलन गर्न पीपी बुथ स्थापना गरेको हो । डाक्टर महाबीर पुन अध्यक्ष रहेको राष्ट्यि अनुसन्धान केन्द र अमेरिकी नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा सो बुथ स्थापना गरिएको हो । सो बुथको काठमाण्डौ बिल्डर्स प्रालिले निर्माण गरेको थियो । कोरना भाइरसको लक्षण देखिएका व्यक्तिबाट सुरक्षित रुपले स्वाब संकलनको लागि सो कक्ष बुद्धबार स्थापना गरिएको हो । जनस्वास्थ्यको एम्बेलेन्स सेवासँगै स्थापना गरको सो केन्द्रबाट विरामीको ज्वरो परीक्षण तथा स्वाब संकलन कार्य पनि सुरु भइरहेको केन्द्रका प्रमुख डाक्टर रत्नसुन्दर लासिवाले जनाएको छ ।