कोइलाको अभाबमा भुस बालेर इटाभटा सञ्चालन

भक्तपुर, चैत २६
इटाभटा सञ्चालका लागि अति आवश्यक कोइलाको अभाबमा यहाँंका व्यवसायीहरु भुस बालेर इटाभटा सञ्चालन गर्न बाध्य भएका छन् । लकडाउनका कारण कोइला अभाव भएकाले त्यसको सटा स्थानीयस्तरमा उपलव्ध भुस बालेर भटामा अगो लगाइराखी इटा पोल्न उद्योगीहरु बाध्य भएका हुन् ।
केन्द्रिय सरकारले एकातिर लकडाउनमा पनि उद्योगहरु सञ्चाल गर्न अनुरोध गर्दै गरेको तर अर्काेतिर स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाहरुले इटाभटा वन्द गर्न दवाव दिने गरी दोहोरो मारमा व्यवसायीहरु परेको दुःखेसो उनीहरुले गरे । भक्तपुरका अधिकांश इटाभटाहरु चाँंगनारायण नगरपालिका क्षेत्रमा छन् । यसबाहेक केही इटाभटाहरु सूर्यविनायक नगरपालिकामा पनि सञ्चालित छन् । यो बाहेक जिल्लाको पुरानो भक्तपुर र मध्यपुर थिमि नगरपालिका दुवैमा इटाभटाहरु छैनन् ।

“भक्तपुर इटाभटा व्यवसायी संघका संस्थापक अध्यक्ष एवं नेपाल इटा उद्योग महासंघका वरिष्ठ सल्लाहकार विश्वराम कवाँंले यो वर्ष अनेक कारणले राम्रोसँंग इटा उत्पादन गर्न नसकिएको बताए । यसकारण करौडौ लगानी गरी व्यवसायी सञ्चालन गरिरहेका उद्योगीहरु ठूलो मारमा परेको उनको भनाई छ । यही कारण राष्टिय उद्योगलाई प्रोत्साहन गर्ने हो भने उद्योगीहरुले बैकहरुमा लिइराखेको श्रृणको व्याज यो वर्ष छुट हुनुपर्ने माग उनी राख्छन् । साथै स्थानीय नगरपालिकाहरुले लिँंदै आएको करमा पनि छुट हुनुपर्ने माग उनी राख्छन् ।”

भक्तपुर इटाभटा व्यवसायी संघका संस्थापक अध्यक्ष एवं नेपाल इटा उद्योग महासंघका वरिष्ठ सल्लाहकार विश्वराम कवाँंले यो वर्ष अनेक कारणले राम्रोसँंग इटा उत्पादन गर्न नसकिएको बताए । यसकारण करौडौ लगानी गरी व्यवसायी सञ्चालन गरिरहेका उद्योगीहरु ठूलो मारमा परेको उनको भनाई छ । यही कारण राष्टिय उद्योगलाई प्रोत्साहन गर्ने हो भने उद्योगीहरुले बैकहरुमा लिइराखेको श्रृणको व्याज यो वर्ष छुट हुनुपर्ने माग उनी राख्छन् । साथै स्थानीय नगरपालिकाहरुले लिँंदै आएको करमा पनि छुट हुनुपर्ने माग उनी राख्छन् ।
सुनदेखि नुनसम्म आयातित बजारमा भरपर्नुपर्ने नेपालमा इटामा नेपाल आत्मनिर्भर छ । यसले धेरैलाई रोजगारी मात्रै नदिई राम्रो कमाई गर्ने अवसर पनि दिएको छ । त्यसकारण स्वदेशी इटा व्यवसायलाई प्रवद्र्धन गनुपर्ने खाँंचो उद्योगीहरुको छ ।


मौसमी व्यवसायको रुपमा रहेर मंसिरदेखि ६ महिना गरी बैशाखसम्म सञ्चालन हुने इटाभटा यो वर्ष भने त्यस समयसम्म नहुने भएको छ । किनकि काँंचो इटा पार्ने क्रम चैतको २० गतेदेखि नै उपत्यकाका सवै इटाभटाले बन्द गराइसकेका छन् । यही कारण काँंचो इटाभटाको अभाबमा यो वर्ष यही चैतभित्र सम्भबत ः सवै इटाभटाहरुमा आगो लगाउने काम बन्द भई उद्योगको काम यसवर्षका लागि वन्द हुनेछन् । काठमाडौं उपत्यकामा धान काटन सकेसँंगै ती खेतहरुका ठाउँंठाउँंमा धमाधम काँंचो इटा पार्ने काम सुरु भई बैशाखसम्म त्यो क्रम हुन्छ । काँंचो इटा पुग्ने मात्रामा भएपछि इटाभटामा आगो लगाई पोल्ने काम सुरु हुन्छ । बैशाखपछि भने ती इटा पार्ने खल (खाल) हरुमा असारमा धान रोपिने गर्दछन् ।
भक्तपुर इटाभटा संघको तथ्यांक अनुसार भक्तपुरमा मात्रै ६२ वटा इटाभटा सञ्चालित छन् । एउटै इटाभटाका लागि पनि सयौं इटा पार्ने परिवार संलग्न हुन्छन् । यसहिसावले अहिले यहाँका इटाभटामा हजारौं परिवार इटा पार्ने काममा संलग्न छन् । इटा पार्न उपत्यका नजिकका काभ्रे, रामेछाप, सिन्धुलीलगायत दाग, रोल्पा, रुकुमलगायतका देशभरबाट अहिले मजदुर इटाभटामा छन् ।