साँगामा आज देखि चेक जाँच, मास्क र स्यानिटाइजर अनिवार्य

साँगामा आज देखि चेक जाँच, मास्क र स्यानिटाइजर अनिवार्य
भक्तपुर, माघ ५ गते

कोरोना संक्रमण बढ्न थालेपछि काठमाण्डौ उपत्यका छिर्ने मुख्य नाका साँगामा आज देखि यातायातका साधनहरुमा स्यानिटाइजर र मास्क अनिवार्य गरेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा सहित जिल्लाका सुरक्षा निकायका प्रतिनिधिहरुको संयुक्त टोलीले अरनिको राजमार्गबाट भक्तपुर छिर्ने मुख्य नाका साँगा, सूर्यविनायक र राधेराधेमा आउजाउ गरेका सवारी साधनहरुमाथि निगरानी बढाएको हो । कोरोना संक्रमण बढ्न थालेपछि अनिवार्य मास्क र स्यानिटाइजर वस चालकहरुले नै व्यवस्था गर्नुपर्नेमा जोड दिन्दै प्रजिअ शर्माले आज देखि साँगाबाट यो अभियान सुरु गरेका छन् । मास्क नलगाउने र स्यानिटाइजरको व्यवस्था नगर्ने चालक परिचालकहरुलाई कार्वाही स्वरुप रु। एक सय देखि ६ सयसम्म जरीवाना गर्न प्रजिअ शर्माले डिउटीमा खतिएका सुरक्षाकर्मीहरुलाई सो अवसरमा निर्देशन दिए । कोरोना संक्रमण नियन्त्रणको स्वास्थ्य मापदण्ड नमान्ने र अत्यरी गर्नेलाई कार्वाही गर्न आग्रह गरेका हुन । सो अवसरमा मास्क नलगाएका चालक, सहचालक र यात्रुहरुलाई मास्क वितरण गर्दै सचेतनामूलक रुपमा यो अयिभान सुरु गरेको छ ।


सो अवसरमा महानगरी प्रहरी परिसरका प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठले मास्क नलगाई यात्रामा रहेका यात्रुहरुलाई मास्क वितरण गर्दै सिट क्षमता भन्दा बढी यात्रु नबोक्न र मास्क अनिवार्य गर्न तथा स्यानिटेजरको ब्यवस्था गर्न आग्रह गरेका थिए । बरु ५ रुपियाँ बढी भाडा लिनुस् यात्रुहरुलाई मास्क र स्यानिटाईजरको अनिवार्य ब्यवस्था गर्नुस् , अत्यर गरे यातायात बन्द गराउनुपर्ने अवस्था आउन सक्छ् चेतावनी स्वरुप प्रजिअ शर्माले चालक परिचालकलाई सो अवसरमा आग्रह गरे ।
सार्वजनिक यातायातमा चालक परिचालकले भाइजर लगाउनुपर्ने, यात्रुलाई मास्क अनिवार्य र गाडीमा चढ्ने र झर्ने बेला सहजरुपले प्रयोग गर्न सकिने गरी गाडीमा मास्क र स्यानिटाईजरको ब्यवस्था गर्न सो अवसरमा आग्रह गरेका हुन । चेक जाँचको क्रममा अत्यर गर्ने सवारी साधनहरुलाई सो अवसरमा चिट काटेर चेतावनी स्वरुप रु सय रुपियाँ जरीवाना गरेका थिए । डिउटीमा खतिएका प्रहरीले भने मास्क र स्यानिटाइजर नभएकाहरुलाई रु। सय रुपियाँ देखि ६ सय रुपियाँसम्म जरिवाना गर्न निर्देशन पाएको बताए ।