तःमुंज्या प्रचारार्थ बासुरीबाजा तथा नृत्य प्रदर्शनी सम्पन्न

तःमुंज्या प्रचारार्थ बासुरीबाजा तथा नृत्य प्रदर्शनी सम्पन्न
भक्तपुर, असोज २५ गते । ४६ औं नेपालभाषा साहित्य तःमुंज्याको प्रचारार्थ आज बासुरीबाजा तथा नृत्य प्रदर्शनी भक्तपुर दरवार क्षेत्रमा भव्यरुपमा सम्पन्न ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवं नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रदर्शनीमा एकसय पचास जना बासुरी बाद्यवादकहरु र एकसय तीस जना नृत्यंगनाहरुले सहभागिता जनाएको थियो । उक्त अवसरमा प्रमुख अतिथि प्रतिपतिले तःमुंज्या आफै भक्तपुरको अभिन्न संस्कृति बनिसकेकोमा यो बृहत्त बासुरीबाजा तथा नृत्य प्रदर्शनी कार्यले यसको महत्व अझ बढाएको र आजको भव्यताले तःमुंज्या वास्तवमै जनताको मनमुटुमै बसेको छ भन्ने प्रष्ट छ भन्नुहुँदै “तःमुंज्या साहित्यिक दबुमात्र नभई एउटा राजनीतिक दबु पनि भएकोले यसले कामदार जनताको पक्षमा साहित्य र सांस्कृतिक क्रियाकलापलाई प्राथमिकता दिइन्छ भन्नुभयो । कार्यक्रममा अर्का अतिथि नेपालभाषा साहित्य तःमुंज्या मुःगुथिका अध्यक्ष आशाकुमार चिकंबञ्जारले बासुरीबाजामा प्रस्तुत् गीतको मर्मबारे बताउनुभएको थियो ।


कार्यक्रमको सभापतित्व ग्रहण गर्नुभएका आयोजक समितिका अध्यक्ष एवं भनपा ७ वडाका वडाअध्यक्ष उकेश कवांले नेपालभाषा साहित्य तःमुंज्या आजभन्दा ४६ वर्ष अगाडि स्थापना भएको इतिहास कोत्याउँदै यो जनताको साहित्यिक तथा सांस्कृतिक दबु हो भन्नुभयो । यस वर्ष बासुरीबाजा तथा नृत्य प्रदर्शनी एउटा थप एक आयामको रुपमा प्रस्तुत् गर्दै वाद्यवादन र नृत्यकर्मीहरुको उत्साह थप्ने कार्य भएको छ, यसले तःमुंज्यालाई जनताबीच पु¥याउने कार्य कलाकारहरुबाट पु¥याएकोमा खुशी व्यक्त गर्नुभयो । यहीं कार्तिक ५ गते दिउँसो २ बजे तःमुंज्या आयोजनास्थल याता, गोमारीबाट सुरुहुने सुकुन्दा ¥यालीलाई पनि तःमुंज्याको प्रचारप्रसार एवं शुभकामना व्यक्त गर्नको लागि सम्पूर्ण नगरबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अनुरोध गर्नुभयो । उहाँले कार्तिक ६ र ७ गते विहान ११ बजेदेखि हुने ४६ औं नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्यामा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुको सक्रिय सहभागिताको लागि हार्दिक अपिल गर्नुभयो ।


कार्यक्रममा प्रमुख अतिथि सुनिल प्रजापतिले बासुरीबाजा खल र नृत्य प्रस्तुत् गर्ने संघसंस्थाहरुलाई धन्यवादपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सुजि हेंगजु, रामप्रसाद ग्वाछा, सुरेश कवां, राजाराम बासीले पनि बोल्नुभएको थियो ।