साझा उदेश्य भएकाहरु बीच सहकार्यको लागि भक्तपुर चेम्वरको आह्वान ।
भक्तपुर, मंसिर,
भक्तपुर चम्बर अफ कमर्सले साझा उदेश्य भएकाहरु बीच सहकार्यको लागि आह्वान गरेका छन् । आफ्ना सदस्य समुदायलाई चेम्वर अभियान बारे आज अभिमुखिकरण गर्दै साझा उदेश्यहरु बोकेका संघ संस्थाहरुलाई आफसमा सहकार्यका लागि आह्वान गरेका छन् । साझा उदेश्य भएकाहरु बीच विवाद गरेर उदेश्य प्राप्ति हुन नसक्ने भन्दै मुल उदेश्यलाई आत्म साथ गर्दै व्यवसाय प्रवर्धनका लागि सदस्यहरुलाई अभियमुखिकरण गरेका हुन । भक्तपुर चेम्वर अफ कमर्सले जिल्लाका ४ वटै नगर समिति विस्तार गरी सकेको उल्लेख गर्दै व्यवसायीका साझा एजेण्डाहरुमा उदेश्यपरक रुपले काम गर्न आपसमा सहकार्यको आवश्यकतामा जोड दिएका थिए । चेम्वर अफ कमर्सका केन्द्रीय सदस्य एवं भौतिक पूवाधार संयोजक एवं भक्तपुर जिल्ला चेम्बरका सल्लाहकार रोशन भ्योद्यको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा अतिथी भ्योद्यले चेम्वरको उदेश्य अनुसार व्यवसाय प्रवर्धन गर्न व्यवसायीका साझा समस्याहरुको सहजिकरणका लागि केन्द्र देखि स्थानीयस्तरसम्म संयोजन हुने उल्लेख गर्दै व्यवसायिक उदेश्य प्राप्तिमा चेम्वरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । चेम्बरमा आबद्ध भएपछि चेम्वरका उदेश्य, लक्ष्य बारे नीतिगत रुपमा पनि बुझेर जिम्मेवारीता बहन गर्न आवश्यक भएकोमा जोड दिन्दै उहाँले कोरोना संकटमा नेपालमै माक्स उत्पादन गरे चेम्वर अफ कमर्सले कोरोना रोकथामका विभिन्न अभियान सचालन गरी सामाजिक दायित्व बहन गर्दै आएको स्मरण गर्नु भयो । ब्यवसायीक एकरुपताकालागि चेम्वरले देशभर संगठन विस्तार गर्दै चेम्वर अभियान बारे अभिमुखिकरण हुँदै आएको बताउनु भयो ।
चेम्वरका प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यद्वारा नेपाल चेम्वर अफ कमर्सको संरचना, उदेश्य र भूमिका बारे चर्चा गर्दै चम्वर अफ कमर्समा आवद्ध भएर व्यवसायको उन्नयनमा गर्न सकिने आपसी सहकार्य बारे जानकारी एवं परामर्श दिएका थिए । उहाँले अवको दुई वर्षभित्र आथिर्क, सामाजिकरुपमा भक्तपुर चेम्वर देशकै उतकृष्ठ चेम्वरको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउनु भयो ।
सो अवसरमा भक्तपुर चम्वर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धरले सहभागि सदस्य उद्यमी व्यवसायीको जिज्ञासाहरु मेताउँदै चेम्वर अफ कमर्स अस्वस्थ्य व्यवसायीक प्रतिस्पर्धामा विश्वास नराख्ने तर व्यवसायलाई थप परिस्कृत बनाउन, आफ्ना उत्पादनहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुर्याउने हिसावले व्यवसायीलाई तालिम परामर्श दिन्दै क्षमतावृद्धिमा जोड दिने उदेश्य रहेको समेत प्रकाश पार्नु भयो । भने चेम्वर अफ कमर्स भक्तपुरका उपाध्यक्ष कविदास धौबजी श्रेष्ठले चेम्वरमा आवद्ध भएर संगठित व्यवसाय प्रवर्धनले मात्रै आफ्नो गरिमा बढाउन सकिने विश्वास व्यक्त गर्दै देशमा प्रजातन्त्र छ भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा पुर्याउन नेपाल चेम्वर अफ कमर्स पञ्चायत काल देखि विकास हुँदै आएको उल्लेख गर्नु भयो । सहभागि चेम्वर सदस्यहरुले चेम्वरको उदेश्य, कार्य सम्पादन र अन्य संघ संस्था बीचको भिन्नता र एकरुपता लगायत विभिन्न व्यवसायीक समस्या एवं गुनासाहरु बारे जिज्ञासा राखेका थिए ।
Featured Posts – Style 1
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
2026-06-01 Comments Off on भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमा
भन्सार छलि ल्याएको सामान प्रहरी नियन्त्रणमाभक्तपुर, जेष्ठ १८ गतेभक्तपुर प्रहरीले भन्सार छलि ल्याएका सामग्रीलाई आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान विभाग...
‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
2026-06-01 Comments Off on ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ
संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यसहित ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ औपचारिक रूपमा आरम्भ गरिएको छ ।...
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
2026-05-31 Comments Off on फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न
फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्नसत्यराम कासिछ्वाभक्तपुर, जेठ १६ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद...
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
2026-05-31 Comments Off on सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।
सहकारी अध्यादेश–२०८३ बारे सदस्यहरु बिच छलफल कार्यक्रम सम्पन्न ।भक्तपुर, २०८३ शनिबार जेठ १६ गतेयस श्री बाराही बचत तथा ऋण सहकारी...
आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
2026-05-31 Comments Off on आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी
चितवन, जेठ — बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री बनाउने तयारी गरिरहेको बताउनुभएको छ।...














