बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा

बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा

भक्तपुर — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस गाडीबाट ठूलो परिमाणमा बिलबिजक नभएका अवैध सामान बरामद गरिएको छ।

विशेष सूचनाका आधारमा मिति २०८३/०६/१९ गते जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं. ८ स्थित जगाती चेकपोष्टमा खटिएको प्रहरी टोलीले गाडीहरू रोकेर खानतलासी गर्दा उक्त सामानहरू फेला पारेको हो।

बरामद गरिएका सामानहरू: १. मरिच (३ बोरा – ९० केजी): अनुमानित मूल्य रु. १,८०,०००/- २. तुलसी सुर्ती (३६० प्याकेट): अनुमानित मूल्य रु. १,२९,६००/- ३. पानमा हाल्ने सुर्ती (५५ बट्टा): अनुमानित मूल्य रु. २,६४०/- ४. पानमा हाल्ने नगिना (१० बट्टा): अनुमानित मूल्य रु. १,०००/- ५. पानमा हाल्ने महागौरी (१० बट्टा): अनुमानित मूल्य रु. ८००/-

बरामद गरिएका कूल रु. ३,१४,०४०/- (तीन लाख चौध हजार चालिस रुपैयाँ) बराबरका सामान, सवारी साधन र संलग्न मानिसहरूलाई मिति २०८३/०६/२० गते आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भक्तपुर तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ।