श्री बाराही साकोसले मनाए आज रजत वर्ष समापन समारोह तथा २६औं स्थापना दिवस सम्पन्न
भक्तपुर, श्रावण ४ गते ,२०८१। ने.म.कि. पा का केन्द्रिय सचिव एवं संङ्घीय सांसद श्री प्रेम सुवालज्यूको प्रमुख आतिथ्यता र नेफ्स्कूका श्रद्धेय अध्यक्ष श्री चन्द्र प्रसाद ढकालको विशेष आतिथ्यतामा भ.न.पा ४, भुलाँचा स्थित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि को रजत वर्ष समापन समारोह तथा २६औं स्थापना दिवस सम्पन्न भयो ।


समारोहमा संस्थाको रजत वर्षको उपलक्ष्यमा प्रकाशित रजत वर्ष स्मारिका र संस्थाको बृत्तचित्रको विमोचन प्रमुख अतिथि श्री प्रेम सुवाल र विशेष अतिथि श्री चन्द्र प्रसाद ढकाल समेतले गर्नु भएको थियो ।
समारोहमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव तथा संङ्घीय सांसद श्री प्रेम सुवालज्यूले पूँजीवादले गर्दा देशमा भएको अवस्थावारे सचेत रहनु पर्ने धारणा व्यक्त गर्नु भयो । सहकारीमा स्थानीय सदस्यहरुको प्रतिनिधिहरुले मात्र संचालकको नेतृत्वमा छनौट हुनु पर्ने बताउँदै उहाँले सहकारीका सदस्यहरु सचेत र चनाखो हुनपर्नेमा जोड दिनु भयो । सहकारीले बचत तथा ऋण सेवालगायत सदस्यमुखी अन्य कार्यहरु समेत गर्नु पर्ने, विदेशीहरुको रणनीति तथ योजनाहरु समेतलाई ध्यान केन्द्रित रही सहकारी संस्थाहरु संचालन गर्नु पर्ने, सदस्यहरुले लोभ लालचमा फस्न नहुने कुरामा जोड दिनु भयो ।
विशेष अतिथि नेफ्स्कूनका अध्यक्ष श्री चन्द्र प्रसाद ढकालज्यूले सहकारी संस्था नीति, विधि र प्रविधि बमोजिम चल्नु पर्ने, सहकारीमा रहेको बचत सुरक्षित गर्नु पर्ने, संस्थाको सेवा सुविधाको प्रवद्र्धन, सदस्यलाई थप वित्तीय साक्षर गराउनु पर्ने लगायतका विषयमा वोल्नु भएको थियो ।
भ.न.पा. वडा नं ४ का वडाध्यक्ष श्री उपेन्द्र सुवालज्यूले सहकारीहरुमा सहकारीको मूल्यमान्यता र सुशासन अनुसार कार्य गर्दै वित्तीय, स्वास्थ्य, खेलकुद, साँस्कृतिक आदी पक्षमा अगाडी वढिरहेका यस सहकारी संस्थाले निरन्तर रुपमा सदस्यहरुको इच्छा चाहना बमोजिम कार्य गर्दै जान सकोस भनि शुभकामना व्यक्त गर्नु भएको थियो ।
पुर्व सहकारी अधिकृत श्री उमेश्वर प्रसाद गङ्गोलज्युले सहकारी संस्था श्रमिक वर्गको आर्थिक उपार्जनको श्रोतको रुपमा रहेको वोल्नु भएको थियो । सहकारी विकासको लागि सदस्यहरुसंगको आपसी सम्वन्ध, सदस्यमुखी सेवा, इमान्दारिता, सुशासित व्यवहार आदी गर्नु पर्ने व्यक्त गर्नु भएको थियो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष श्री कृष्ण गोविन्द लाखाजुज्यूले सहकारी संस्थाले उत्पादन मुलक क्षेत्रमा लगानीलाई प्राथमिकता दिनु पनर्,े सहकारी संस्था इमान्दारी र पारदर्शिता हुनु पर्ने, संस्थाको क्षमता अनुसारको सेवा सुविधा मात्र प्रदान गर्नु पर्नेमा विशेष जोड दिनु पर्नेमा वोल्नु भएको थियो ।
श्री बाराही साकोसका अध्यक्ष श्री विश्वराम त्वायनाको सभापतित्वमा सम्पन्न भएको रजत वर्ष समापन समारोहमा अध्यक्ष त्वायनाले संस्थाले रजत वर्ष भरि गरेको विविध गतिविधीको जानकारी एवं संस्था सुशासनमा रहि निरन्तर रुपमा ऐक्सेस बाण्ड प्राप्त गर्न सफल भएको बताउनु भएको थियो ।

संस्थामा नियमित रुपमा मासिक बचत गरेका बचतकर्ता सदस्यहरु मध्येवाट गोला प्रथावाट छनौंट भएका १२ जना नियमित बचतकर्ता, १२ जना वाल बचतकर्ता र १ जना उत्कृष्ट सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रमुख अतिथिज्यूले गर्नु भएको थियो ।
रजत वर्ष समापन समारोहमा संस्थाका उपाध्यक्ष श्री कृष्ण भक्त बोडे, संस्थापक अध्यक्ष श्री राधेश्याम सुवाल समेतले वोल्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका संचालक श्री पुनेन्द्र प्रसाद कुसीले संचालन गर्नु भएको थियो ।
साथै खुल्ला रक्तदान कार्यक्रममा जम्मा ४० जना रक्तदाताले रक्तदान समेत गर्नु भएको थियो । हार्ड एण्ड डायवेटिजको सहकार्यमा खुल्ला स्वास्थ्य परिक्षणकार्यक्रम समेत भएको थियो ।














