फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ

फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ

भक्तपुर, १९ असोज

अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार चार जना अभियुक्तहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त थिमी, ठिमी र मातहतका प्रहरी टोलीले यही मिति २०८३ साल असोज १९ गते उनीहरूलाई पक्राउ गरेको हो। सम्मानित जिल्ला अदालत भक्तपुरबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत भक्तपुरमा बुझाइएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा:

  • बैंकिङ कसूर: २ जना (जसबाट कुल ४ दिन कैद र रु. २,१२,८०० जरिवाना असुल हुन बाँकी)
  • मानव बेचबिखन: १ जना (१ वर्ष १ महिना २२ दिन कैद सजाय ठहर भएका)
  • अभद्र व्यवहार: १ जना (रु. २०० जरिवाना ठहर भएका)

यसरी पक्राउ परेका ४ जना अभियुक्तहरूबाट कुल १ वर्ष १ महिना २६ दिन कैद र रु. २,१३,०००/- (दुई लाख १३ हजार) जरिवाना असुल गराउन अदालत पेस गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (DSP) दीपक कुमार कार्कीले जानकारी दिनुभएको छ।