भक्तपुरमा फैसला कार्यान्वयनका लागि फरार ३ जना पक्राउ

भक्तपुरमा फैसला कार्यान्वयनका लागि फरार ३ जना पक्राउ

भक्तपुर, १६ असोज ।

विभिन्न मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालतबाट दोषी ठहर भई सजाय तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार तीन जना अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार परिसर तथा यस अन्तर्गतका प्रहरी वृत्त ठिमी, जगाती र दधीकोट (माहिन) बाट खटिएको टोलीले फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका १ जना र चेक अनादर मुद्दाका २ जना रहेका छन्। उनीहरूबाट कुल ३ वर्ष कैद र १,००० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको थियो।

पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाही तथा फैसला कार्यान्वयनका लागि सम्मानित भक्तपुर जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) दीपक कुमार काकीले जानकारी दिनुभयो।

फछ्र्यौट सजाय तथा मुद्दाको विवरण:

  • बैंकिङ कसूर: १ जना अभियुक्त (सजाय: १ वर्ष कैद)
  • चेक अनादर: २ जना अभियुक्त (सजाय: २ वर्ष कैद र रु. १,००० जरिवाना)
  • जम्मा: ३ जना अभियुक्त (कुल सजाय: ३ वर्ष कैद र रु. १,००० जरिवाना)