एच.आई.भी. एड्स संक्रमितलाई हेला होइन,
भक्तपुर, जेष्ठ १३ गते
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले एच.आईभी एड्स सम्बन्धि लान्छना तथा भेदभाव कम गर्न स्थानीय जनप्रतिनिधी, पत्रकार, प्रहरी, एच.आई.भी. संक्रमित तथा मुख्य जोखिम समुहका बीच आज अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । सुर्यविनायक नगरपालिका वडा नं. १० वडा कार्यालय भवनमा आयोजित सो कार्यक्रममा जनस्वास्थ्य अधिकृत अन्जना खड्काले समुदायमा एचआईभि एड्सबारे जनचेतना फैलाउन विभिन्न संघ संस्थासँग मिलेर कार्य गर्दै आएको चर्चा गर्दै लागु पदार्थ प्रयोग गर्दा असुरक्षित सूई र असुरक्षित शारीरिक सम्पर्कका कारण नदेखिने गरी समाजमा संक्रमितको संख्या रहेको बताउनु भयो । ति संक्रमितलाई पहिचान गरी नियमति उपचार वा औषधी सेवन गराउन सके ति व्यक्तिबाट अरुलाई संक्रमण पनि नहुने र ति संक्रमित व्यक्ति पनि लामो समय बाँच्न सक्ने वताउनु भयो । सो अवसरमा प्रस्तुतीकरण गर्दै अभियान्ता ज्योती थापाले असुरक्षित व्यवहारबाट मात्रै एचआईभी एड्सका किताणु मानिसको शरीरमा सर्ने भएकाले यसबाट डराउन नपर्ने कुरामा जोड दिदै संक्रमित भइहाले पनि नियमति औषधी सेवनबाट स्वास्थ्य लाभ लिन सकिने र तिनीहरुबाट स्वस्थ वच्चा पनि नन्माउन सकिने भएकाले यस बारे समुदायमा सचेतना दिन सके प्रभावकारी हुने धारणा राख्नु भयो । जनस्वास्थ्य कार्यालय भक्तपुरका एच.आई.भी. फोकलपर्सन तिब्रता शर्माले एच.आई.भी. संक्रमित भएकाहरुलाई समाजले हेर्ने दृष्टिकोण नै फरक पाइएको उदाहरण दिदै उहाँले तिनीहरुलाई हेला र भेदभावन नगरी सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न जोड दिएका थिए भने सहभागि प्रहरी र जनप्रतिनिधीहरु एवं विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले पनि सो अवसरमा आआफ्ना अनुभवहरु सुनाएका थिए ।
Featured Posts – Style 1
भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
2026-08-27 Comments Off on भोटेकोशी बाढी : हालसम्म ९७ जनाको मृत्यु, ६३ जना उपचाररत
काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५:४५ बजेसम्म ७० जनाको मृत्यु भएको...
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिन
भोटेकोशीको बाढीले ९५ जनाको मृत्यु, ६० भन्दा बढी सम्पर्क बिहिनकाठमाण्डौ, भाद्र १० गतेआज विहान ८ बजे र ४० मिनेटमा गएको...
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
2026-08-26 Comments Off on भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन
भोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिनभक्तपुर, भाद्र १० गतेभोटेकोशी बाढीले भक्तपुरका ४ जना सम्पर्क बिहिन भएको खुलेको छ ।...
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
2026-08-26 Comments Off on टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचित
टिआइ नेपाल)को ३१औँ वार्षिक साधारणसभाले शर्मा पुनः अध्यक्षमा निर्वाचितकाठमाडौं, २०८३ भदौ १० गते, ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टिआइ नेपाल)को ३१औँ वार्षिक...
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
2026-08-26 Comments Off on भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क बिहिन, ९८४३२५११९९ मा खवर गरिदिन आग्रह
भोटेकोशीको बाढीले राजकुमार सुवाल पनि सम्पर्क विहिनभक्तपुर, भाद्र १० गतेआज बिहान करिब ९ बजे रसुवा भोटेकोशी आएको बाढी ले धेरैको...













