महिलाहरूले गरे ठूली ब्रम्हायणीमा भक्तपुर काण्डको भत्र्सना
भक्तपुर– नेपाल क्रान्तिकारी महिला संघ, ९ वडा एकाइ समितिको आयोजनामा नेमकिपाको समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट वि.सं. २०४५ भाद्र ९ गते रचिएको षड्यन्त्र ‘कालो दिन’को विरोध तथा भत्र्सना गरी शनिवार ठूली ब्रम्हायणी सुडालमा मनाएको छ ।
कार्यक्रमका नेपाल मजदुर किसान पार्टी, भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वागमती प्रदेशसभाका सांसद सुरेन्द्र राज गोसाईले नेमकिपाले अहिलेसम्म पनि देश र जनताको निःस्वार्थ सेवा बाहेक अरु कुनै स्वार्थ नभएको स्पष्ट पार्नुभएको छ । उहाँले षड्यन्त्रकारीहरू सक्रिय भएको समयमा भक्तपुर काण्ड रचेर नेमकिपाको विरुद्ध अनेक भ्रम फैलाई नष्ट गर्न खोज्दा पञ्चायती व्यवस्था आफै अन्त्य भएको बताउनुभयो । साथै त्यसबेलाका पञ्चायती हिमायतीहरू अहिले कुनै पनि रुप र रङ बदलेर फेरि पनि षड्यन्त्र गर्न सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । अहिले इतिहासलाई एक एक गरी केलाउन लेखेर, सुनाएर वा गीत मार्फत प्रस्तुत गरेर स्मरण गर्नुपर्ने र नयाँ पुस्तालाई समेत सिकाउनुपर्नेमा उहाँको जोड छ । पञ्चायती दमनमा परेका र प्रत्यक्षदर्शीहरूले उतिबेला गरिएका संघर्षलाई विभिन्न क्रियाकलापमार्फत स्मरण गर्नुपर्ने बताउँदै उहाँले ३५ वर्षमा पनि नसुध्रेका एमाले माओवादी र कांग्रेसको सत्तामोहमा कुनै फेरबदल नभएको स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले पञ्चायती दमन, अन्याय अत्याचारले आपूmसँगै धेरैलाई सताइएकोबारे स्पष्ट पार्दै त्यसविरुद्ध लड्न महिलाहरूको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले उपत्यका बाहिर जाँदा पनि विभिन्न पार्टीसँग नेमकिपाको तर्फबाट सैद्धान्तिक संघर्ष गरेको स्मरण गर्नुभयो । उहाँले गरिव वर्गको एक दिन निश्चय पनि शासनसत्तामा पुग्ने बताउँदै हिजोको दुःखबाट सिकेर कुनै पनि षड्यन्त्रबाट टाढा रहनुपर्ने बताउनुभयो । साथै अहिलेको सरकारले नयाँ पुस्तालाई आकर्षण गर्दै विद्यालय र कलेजको नियमभन्दा बाहिर ल्याई नराम्रोसँग बिगारेको औल्याउनुभयो ।
त्यस्तै शिक्षक कृष्ण प्रसाद धन्छाले भूमिगत जीवनको अनुभव बताउँदै पञ्चायती षड्यन्त्र र जालझेलको सबैतिर पर्दाफास भएकै कारण पञ्चायतको अन्त्य भएको स्पष्ट पार्नुभएको छ । उहाँले सत्य डग्दैन, झुठ तिक्दैन भन्ने चरितार्थ भएको औंल्याउँदै पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध महिला संघको योगदानलाई सम्झिनुपर्ने बताउनुभयो ।
त्यस्तै अनुभव सुनाउँदै राज्यलक्ष्मी प्रजापतिले भक्तपुर काण्ड दोहोरिन नदिन महिलाहरू हरेक कुरामा अध्यावधिक भइरहनुपर्ने बताउनुभयो । उहाँले आपूmले बुझेको थाहा पाएको भक्तपुर काण्डको वास्तविक कुरा परिवार आफन्तजन र छोराछोरीबीच छलफल हुनुपर्ने बताउनुभयो ।
चार वटा समूहमा बाँडिएका पुराना पुस्ताका अग्रज किसान र नयाँ पुस्ताका विद्यार्थीहरुबीच भक्तपुर काण्डबाट पाएको दुःख र संघर्षका विषयमा गहन छलफल भएको थियो ।
आयोजक समितिका अध्यक्ष सविना प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्व, छोरीमैयाँ सुजखु, जगतलाल मानन्धर, रामेश्वरी कोजू, कृष्णश्वरी दुवाललगायतले बोल्नुभएको थियो । किसान अग्रजहरूले भक्तपुर काण्डलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेको उक्त कार्यक्रममा विभिन्न खेल तथा सांगितिक प्रस्तुती समेत भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
चाडपर्वलक्षितगरीभक्तपुरमायात्रुसहायताकक्षसञ्चालन, ७३१प्रहरीपरिचालनगरिने
2026-10-09 Comments Off on चाडपर्वलक्षितगरीभक्तपुरमायात्रुसहायताकक्षसञ्चालन, ७३१प्रहरीपरिचालनगरिने
चाडपर्व लक्षित गरी भक्तपुरमा यात्रु सहायता कक्ष सञ्चालन, ७३१ प्रहरी परिचालन गरिने भक्तपुर। नजिकिँदै गरेका प्रमुख चाडपर्वहरूलाई लक्षित गर्दै जिल्ला...
चोरी तथा डाँका गर्ने समूह पक्राउ
2026-10-08 Comments Off on चोरी तथा डाँका गर्ने समूह पक्राउ
चोरी तथा डाँका गर्ने समूह पक्राउ भक्तपुर, असोज २२ भक्तपुरको चाँगुनारायण नगरपालिका–२, दुवाकोटमा पसल बन्द गरेर घर फर्किंदै गरेका खाद्य...
सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम
2026-10-08 Comments Off on सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम
सल्लाघारीमा ‘दशैँ भक्तपुर रमाइलो महोत्सव २०८३’ सुरु: संस्कृति, व्यापार र मनोरञ्जनको सङ्गम भक्तपुर। कला, संस्कृति र ऐतिहासिक सम्पदाको सहर भक्तपुरस्थित...
एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न
2026-10-08 Comments Off on एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न
एभरेष्टको अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न काठमाडौं । २१ असोज आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन...
खल्तीकोनक्कलीकर्मचारीबनेरअनलाइनठगीगर्नेगिरोहललितपुरबाटपक्राउ
2026-10-08 Comments Off on खल्तीकोनक्कलीकर्मचारीबनेरअनलाइनठगीगर्नेगिरोहललितपुरबाटपक्राउ
खल्तीको नक्कली कर्मचारी बनेर अनलाइन ठगी गर्ने गिरोह ललितपुरबाट पक्राउ भक्तपुर। डिजिटल वालेट 'खल्ती' को आधिकारिक कर्मचारी बनेर सर्वसाधारणलाई ठगी...












