‘वातावरण : सङ्कट र समाधान’मा अमेरिका बढी दोषी !

‘वातावरण : सङ्कट र समाधान’मा अमेरिका बढी दोषी !
भक्तपुर, असोज १८ गते । प्राध्यापक समाज नेपाल, केन्द्रीय समितिले भक्तपुरमा आज ’वातावरण ः सङ्कट र समाधान’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । ख्वप कलेजको सभाहलमा आयोजित सो कार्यक्रममा सम्बोधन गर्नु हँुदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेले दार्शनीकहरुको भनाईहरु पनि फरक फरक हुने गरेकोे चर्चा गर्दै तत्कालिन साशकहरुले विरोधी दार्शनीकहरुलाई समेत अमावनयि यातना गर्ने भएकाले यस्ता विषयहरु कलेजका प्रध्यापकहरुले विश्लेषण गर्ने विषय बनेको बताए छन् । शोषकहरुसँग उत्पादनका साधनहरु भएकाले शोषण बढेको उल्लेख गर्दै ईश्वर छकि छैन भन्दा आँखा चिम्लि दिने र छैनभन्नेहरु दण्डित हुने गरेको स्मरण गर्नु भयो ।
अर्थशास्त्री माल्थसको भनाई जमिन सिमित छ, रवर जस्तो तन्काउन हुँदैन, त्यसैले मान्छे बढी हुनु हुँदैन भन्ने भनाई र पच्छिमेलीहरुले जनसंख्या बढि रहेको छ, गुनात्मकरुपले बढ्छ, विकासका कुराहरु आफसेआफ हुन्छ, यसले भोकमरी बढाउँछ, रोग लाग्छ, लडाई हुन्छ, प्राकृतिक प्रकोप हुन्छ, यसको कुनै उपाय छैन, मान्छेहरु धेरै मरेपछि सबै ठिक हुन्छ भन्नेका कुरालाई यसको ठीक विपरित एगेल्सले त्यसबेला त्यसको खण्डन गरेको अध्यक्ष विजुक्छेले स्मरण गर्नु भयो। अर्थशास्त्री माल्थस र पच्छिमेलीहरुको भनाईलाई खण्डन गर्दै एगेल्सले खेतीलाई बैज्ञानिक धंगले गरेमा त्यसको उत्पादन बढाउन सकिन्छ भनेका थिए अध्यक्ष विजुक्छेले भन्नु भयो यसै गरी नेपालमा भूमि सुधार कार्यन्वयन हुँदा मेक्सिकोको उन्नत वीउ सूर्यविनायकमा लागु भएको थियो । समीक्षाको आफु सम्पादाता हुँदा त्यसको रिपोटिङ्ग गरेको स्मरण गर्दै भोकमरीको बेला खाद्यान्न स्टोरका सञ्चालकहरु धेरै धनि भएको बताउँदै अध्यक्ष विजुक्छेले रोग त त्यसै लागेको होइन त्यसको कारण छ भन्नु हुदै उहाँले बैज्ञानिक परिक्षण हुन नसक्दा धेरैको ज्यान गएको स्मरण गर्नु भयो ।
क्रान्ति जनताको चेतना र उदेश्यले भएको भन्दै अध्यक्ष विजुक्छेले रोगबाट जनतालाई जोगाउन स्वास्थ्य क्षेत्रमा धेरै लगानी गर्नुपर्नेमा जोड दिनु भयो जनताको जीवनस्तर उकास्न, रोगको उपचार गर्न स्वास्थ्य क्षेत्रमा अमेरिकाले केही गर्न सक्ने भएर पनि त्यस्तो नगरेको टिप्पणी गर्नु भयो ।
शोषकहरुसँग बढी उत्पादनका साधनहरु भएकोले गरिवहरुले धेरै दुःख पाएको तथ्य प्रस्तुत गर्दै अध्यक्ष विजुक्छेले औंषधीमा ८० प्रतिशत हुने चुनढुगाहरु त्यतिकै भारत लगिरहेकोेमा आपति जनाउनु भयो ।
पानीको श्रोत घटेपछि खेतीपातिमा असर पर्ने बताउँदै अध्यक्ष विजुक्छेंले काठमाण्डौको माटो खेती उत्पादनमा राम्रो भएको उल्लेख गर्दै चुन ढुगाको ईटा बनाएर भए पनि खेतीयोग्य जमिन वचाउनुपर्नेमा जोड दिनु भयो । अध्यक्ष विजुक्छेंले चुनढुंगाबाट ईट्टा बनाउँदा ८० प्रतिशत उर्जा वचत हुँदा वातावरण प्रदुर्षण घट्ने र विदेशी सहायता पनि बढ्ने विज्ञहरुको भनाइरहेको स्मरण गर्नु भयो । देशपछि पर्नुमा मन्त्री जस्तो मान्छेको बौद्धिकस्तर जिम्मेबार भएको उदाहरणहरु बताउँदै अध्यक्ष विजुक्छेंले संसारको फोक्सोको रुपमा रहेको ब्राजिलको जंगल फरानी गर्नु गलत कार्य भएको बताउनु भयो । अरुको ज्यान लिने र पैसा खर्च गरेर आफू जोगिने अमेरिकी साशकहरुको नीति गलत भएको भन्दै उहाँले वुद्धिजिवीहरु कुनै पार्टीमा नलागे पनि गलतलाई गलत भन्न सक्नुपर्ने धारणा राख्नु भयो । गरिव देशलाई दोष दिन नहुने तर संसारलाई लुटेका देशहरुका बारेमा जनतालाई सचेत पार्नुपर्नेमा जोड दिनु भयो । इजराइल र गाजाको युद्ध जस्तै हात हातियारका कारण पनि विश्वमा प्रदुर्षण बढेको उल्लेख गर्दै अध्यक्ष विजुक्छेंले यसको मुख्य दोसी अमेरिका भएको बताउनु भयो यसको विरोध गर्नु नै आफ्नो कर्तव्य भएको उहाँले जोड दिनु भयो ।

कार्यक्रममा प्राध्यापक समाज नेपालका केन्द्रीय उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन (उद्घोषण) इ. सुजन माकले गर्नुभएको थियो। बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले स्वागत मन्तव्य राख्दै वातावरण संरक्षण र हाल देखापरेका सङ्कटबारे चर्चा गर्नुभएको थियो। अन्तरक्रिया कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेंले हिमालय क्षेत्रमा भूप्रकोप र बढ्दो जलवायु परिवर्तनका असरहरू तथा यसले निम्त्याएका भू–प्रकोपबारे श्रव्यदृष्य सहित प्राविधिक तथा वैज्ञानिक विश्लेषण प्रस्तुत गर्नुभयो। ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले वातावरण सङ्कटका पछाडि पूँजीवादी नीति र अव्यवस्थित विकासको प्रभावबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तन र पूँजीवाद बारे धारणा प्रस्तुत गर्नुभयो। प्रस्तुतीकरणपश्चात् मञ्चमा प्रमुख अतिथि नारायणमान बिजुक्छें, उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, प्राचार्य कृष्णप्रसाद धन्छा र प्राचार्य इ. सुनिल दुवालको उपस्थितिमा खुला छलफल तथा विचार विमर्श गरिएको थियो।