महिलाहरूले गरे ठूली ब्रम्हायणीमा भक्तपुर काण्डको भत्र्सना
भक्तपुर– नेपाल क्रान्तिकारी महिला संघ, ९ वडा एकाइ समितिको आयोजनामा नेमकिपाको समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट वि.सं. २०४५ भाद्र ९ गते रचिएको षड्यन्त्र ‘कालो दिन’को विरोध तथा भत्र्सना गरी शनिवार ठूली ब्रम्हायणी सुडालमा मनाएको छ ।
कार्यक्रमका नेपाल मजदुर किसान पार्टी, भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वागमती प्रदेशसभाका सांसद सुरेन्द्र राज गोसाईले नेमकिपाले अहिलेसम्म पनि देश र जनताको निःस्वार्थ सेवा बाहेक अरु कुनै स्वार्थ नभएको स्पष्ट पार्नुभएको छ । उहाँले षड्यन्त्रकारीहरू सक्रिय भएको समयमा भक्तपुर काण्ड रचेर नेमकिपाको विरुद्ध अनेक भ्रम फैलाई नष्ट गर्न खोज्दा पञ्चायती व्यवस्था आफै अन्त्य भएको बताउनुभयो । साथै त्यसबेलाका पञ्चायती हिमायतीहरू अहिले कुनै पनि रुप र रङ बदलेर फेरि पनि षड्यन्त्र गर्न सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । अहिले इतिहासलाई एक एक गरी केलाउन लेखेर, सुनाएर वा गीत मार्फत प्रस्तुत गरेर स्मरण गर्नुपर्ने र नयाँ पुस्तालाई समेत सिकाउनुपर्नेमा उहाँको जोड छ । पञ्चायती दमनमा परेका र प्रत्यक्षदर्शीहरूले उतिबेला गरिएका संघर्षलाई विभिन्न क्रियाकलापमार्फत स्मरण गर्नुपर्ने बताउँदै उहाँले ३५ वर्षमा पनि नसुध्रेका एमाले माओवादी र कांग्रेसको सत्तामोहमा कुनै फेरबदल नभएको स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघका अध्यक्ष ज्ञानसागर प्रजापतिले पञ्चायती दमन, अन्याय अत्याचारले आपूmसँगै धेरैलाई सताइएकोबारे स्पष्ट पार्दै त्यसविरुद्ध लड्न महिलाहरूको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले उपत्यका बाहिर जाँदा पनि विभिन्न पार्टीसँग नेमकिपाको तर्फबाट सैद्धान्तिक संघर्ष गरेको स्मरण गर्नुभयो । उहाँले गरिव वर्गको एक दिन निश्चय पनि शासनसत्तामा पुग्ने बताउँदै हिजोको दुःखबाट सिकेर कुनै पनि षड्यन्त्रबाट टाढा रहनुपर्ने बताउनुभयो । साथै अहिलेको सरकारले नयाँ पुस्तालाई आकर्षण गर्दै विद्यालय र कलेजको नियमभन्दा बाहिर ल्याई नराम्रोसँग बिगारेको औल्याउनुभयो ।
त्यस्तै शिक्षक कृष्ण प्रसाद धन्छाले भूमिगत जीवनको अनुभव बताउँदै पञ्चायती षड्यन्त्र र जालझेलको सबैतिर पर्दाफास भएकै कारण पञ्चायतको अन्त्य भएको स्पष्ट पार्नुभएको छ । उहाँले सत्य डग्दैन, झुठ तिक्दैन भन्ने चरितार्थ भएको औंल्याउँदै पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध महिला संघको योगदानलाई सम्झिनुपर्ने बताउनुभयो ।
त्यस्तै अनुभव सुनाउँदै राज्यलक्ष्मी प्रजापतिले भक्तपुर काण्ड दोहोरिन नदिन महिलाहरू हरेक कुरामा अध्यावधिक भइरहनुपर्ने बताउनुभयो । उहाँले आपूmले बुझेको थाहा पाएको भक्तपुर काण्डको वास्तविक कुरा परिवार आफन्तजन र छोराछोरीबीच छलफल हुनुपर्ने बताउनुभयो ।
चार वटा समूहमा बाँडिएका पुराना पुस्ताका अग्रज किसान र नयाँ पुस्ताका विद्यार्थीहरुबीच भक्तपुर काण्डबाट पाएको दुःख र संघर्षका विषयमा गहन छलफल भएको थियो ।
आयोजक समितिका अध्यक्ष सविना प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रविन्द्र ज्याख्व, छोरीमैयाँ सुजखु, जगतलाल मानन्धर, रामेश्वरी कोजू, कृष्णश्वरी दुवाललगायतले बोल्नुभएको थियो । किसान अग्रजहरूले भक्तपुर काण्डलाई विभिन्न दृष्टिकोणबाट विश्लेषण गरेको उक्त कार्यक्रममा विभिन्न खेल तथा सांगितिक प्रस्तुती समेत भएको थियो ।
Featured Posts – Style 1
न्याय सम्पादनमा मेलमिलापकर्ता
2026-08-23 Comments Off on न्याय सम्पादनमा मेलमिलापकर्ता
न्याय सम्पादनमा मेलमिलापकर्ता समाजमा हुने सानातिना विवाद औपचारिक न्यायिक प्रकृयामा लाग्दा अन्य जटिल न्यायिक विवादमा न्यायालयले पर्याप्त समय दिन नसक्दा,...
‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2026-08-23 Comments Off on ‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
‘सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्नभक्तपुर । २०८३ भदौ ७भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चार माध्यममा भक्तपुर...
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
2026-08-23 Comments Off on पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक
पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक काठमाडौं ५, भदौ। नेपाली समाजमा तीज केवल चाडपर्व र मनोरञ्जनको...
महिलाहरूले गरे ठूली ब्रम्हायणीमा भक्तपुर काण्डको भत्र्सना
2026-08-23 Comments Off on महिलाहरूले गरे ठूली ब्रम्हायणीमा भक्तपुर काण्डको भत्र्सना
महिलाहरूले गरे ठूली ब्रम्हायणीमा भक्तपुर काण्डको भत्र्सनाभक्तपुर– नेपाल क्रान्तिकारी महिला संघ, ९ वडा एकाइ समितिको आयोजनामा नेमकिपाको समूल नष्ट गर्न...
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
2026-08-23 Comments Off on बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक बीरगञ्ज: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स...














