विश्व क्यान्सर दिवस ललितपुरमा मनाइयो ।
भक्तपुर, माघ २० गते
विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले ललितपुरमा आज जनचेतनामूलक र्याली तथा सभा आयोजना गरेको छ । ललितपुरका जनतामा क्यान्सर रोग बारे जनचेतना अभिवृद्धि गर्न तथा क्यान्सर रोग लाग्नै नदिन समुदायलाई सचेत पार्न ललितपुरमा जनचेतनामुलक र्याली आयोजना गरेको भक्तपुर क्यान्सर अस्पतालका ब्यवस्थापक राजाराम तजलेले जनाएको छ । अस्पतालका व्यवस्थापक तजलेका अनुसार क्यान्सर रोग बारे सचेतना दिन क्यान्सर रोग जितेका तथा चिकित्सक नर्सहरु सहित ३ सय भन्दा बढी समुदायको सहभागितामा यस वर्ष विश्व क्यान्सर दिवस ललितपुरको दरवार क्षेत्रमा मनाएको हो । सो अवसरमा सचेतनामूलक प्लेकार्ड सहित नगर परिक्रममा गरी दरवार क्षेत्रमा पुगेर डाक्टर, चिकित्सकहरुको प्रर्वचन तथा मनोरञ्जनात्मक र जनचेतनामूलक जुम्वा नाचसहित स्वास्थ्य परिक्षण कार्यक्रम समेत आयोजना गरेको छ । हरेक वर्ष फेवुअरी ४का दिन विश्वभर विभिन्न कार्यक्रम गरी वश्व क्यान्सर दिवस मनाउनेक्रममा भक्तपुर क्यान्सर अस्पतालले आज ललितपुरका समूदायमा क्यान्सर बारे जनचेतना अभिवृद्धि गर्न सो कार्यक्रम आयोजना गरेको उहाँले बताउनु भयो ।


ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनको प्रमुख आतिथ्यतामा आयोजना भएको सो कार्यक्रममा क्यान्सर रोग निको हुन्छ भन्ने सन्देश दिन निःशुल्क म्यामोग्राफि सेवाकालागि नाम संकलनकासाथै एक हप्ताभरी परिक्षण सेवा सुरु गरेको छ । सो अवसरमा सभास्थलमा सुगर, पे्रसर परीक्षण, प्याप्समेयर, अल्टासाउनमार्पmत ब्रेष्ट र पेटमा क्यान्सरका लक्षण भए नभएको परिक्षण शिविर पनि आयोजना गरेको छ ।













