साउनमा १७ जघन्य अपराध घट्यो !

साउनमा १७ जघन्य अपराध घट्यो !
भक्तपुर, भाद्र २ गते
जिल्ला प्रहरी कार्यालय भक्तपुरले साउन महिनाभरी गरेका शान्ति सुरक्षाका कार्यसम्पादनहरु बारे आज जानकारीमूलक प्रेस विज्ञप्ति जारी गरेकोे छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी दिपककुमार कार्कीद्वारा जारी विज्ञप्ति अनुसार जिल्लामा श्रावण महिनामा लागू औषध, कर्तव्य ज्यान, जबरजस्ती करणी र ज्यान मार्ने उद्योग सहित १७ वटा जघन्य तथा गम्भीर अपराधका घटना घटेको जनाएको छ । साउन मिहनाभर ११० वटा मुदा दर्ता भएकोमा ४९ वटा मुद्धा फछौट भएको उहाँले बताउनु भयो । सो मुदाबाट ५ जना महिला सहित पक्राउ ९९ जना प्रतिवादी पक्राउ परेको उल्लेख गर्दै हिलो १३ महिला र ५९ पुरुष प्रतिवादी फरार सूचीमा रहेको जनाएको छ । सो महिनामा आर्थिक अपराधका ५९ मुद्दा दर्ता भएकोमा ४७ वटा बैंकिङ कसुर र १२ वटा ठगी सम्बन्धि मुद्दा रहेको जनाएको छ ।