कोरोना कहरमा भक्तपुर जिल्ला बचत संघको तनाव व्यवस्थापन तालिम सम्पन्न

कोरोना कहरमा भक्तपुर जिल्ला बचत संघको तनाव व्यवस्थापन तालिम सम्पन्न

भाद्र २३, भक्तपूर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा बिहान ७ः३० बजे भर्चुअल तनाव व्यवस्थापन तालिम सम्पन्न भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले जिल्ला प्रशासन कार्यालयले जारी निषेधाज्ञाको पालना गर्दै संक्रमण रोकथाम र नियन्त्रणका लागि अपनाउनुपर्ने उपायहरु अपनाई अति अतिआवश्यक सेवा दिइरहेको सहकारी संस्थाकाबारेमा उल्लेख नगरी सहकारी क्षेत्रलाई उपेक्षा गरेकोमा प्रेस बिज्ञप्ती जारी गरेको कुरा बताउनुभयो । उहाँले आगामी दिनमा निषेध आज्ञा जारी हुने भएमा सहकारी संस्था क्षेत्रका बारेमा पनि प्रष्ट्याउनु पर्ने कुरामा जोड दिनु भयो । उहाँले कोराना भाइरसको जोखिम तथा संक्रमणका कारण सम्पूर्ण सहकारीका सदस्य, संचालक र कर्मचारीहरु तनावमा रहेको अवस्थामा तनावलाई कम गर्न तालिमको आयोजना गरेको कुरा बताउनुभयो ।


संघका तालिम व्यवस्थापन उपसमितिका सदस्य तुल्सीहरी प्रजापतिले तालिममा सहजीकरण गर्दै तनावका प्रकार, तनावका असर, तनाव न्युनिकरणका उपयाहरुकोबारेमा प्रशिक्षण दिनुभयो । उहाँले सधै खूशी भएर काम गर्नु, काम प्रति माया गर्नु र गल्ती भएमा क्षमा माग्नु नै सर्वउत्तम कूरा हो भन्नु भयो । उहाँले सधैं नयाँ कूरा सिक्ने अपेक्षा राख्नुपर्ने, तनावमा कुनै पनि काम नगर्न र जहिले पनि सकरात्मक सोच बनाउन आग्रह गर्नु भयो ।
तालिममा स्वागत मन्तव्य बिश्व बहादूर दूवालले राख्दै महामारीको अवस्थामा पनि सघंले निरन्तर शिक्षा, तालिम तथा सुचना प्रदान गर्दै निषेधाज्ञाको समय सदुप्रयोग गरेको भन्नुभयो । उहाँले महामारीले तनाव सिर्जना भएको अवस्थामा तनाव न्युनिकरण गर्न यस तालिमले टेवा पुग्ने विचार राख्नुभयो । तालिम उपसमितिका संयोजक एंव तालिमका सभापति चण्डिका छुंकाले तालिम सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिर्दै समय सापेक्ष तालिमको व्यवहारिक प्रयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
तालिम संघको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरेको थियो भन्ने जुममा प्रत्यक्ष ८० जनाको सहभागिता रहयो । तालिममा धनुषा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष धु्रब यादवको पनि सहभागिता रहेको थियो । तालिमको संचालन संघका व्यवस्थापक बालकृष्ण धोजुले सहजिकरण गर्नु भयो ।