भोली नाग पञ्चमी भनपा १०को विशेष कार्यक्रम
भक्तपुर, श्रावण ३१ गते
भक्तपुर नगरपालिका वडा नं. १० स्थित नाग पोखरीमा भोली विशेष मेला सहित नाग पँञ्चमी पर्व मनाउने तयारी गरेको छ । वडा कार्यालय भनपा १०का अनुसार नाग पोखरीमा भोली विहान ८ बजे बासुरी, भ्याइलेनसहित विशेष कार्यक्रमका साथ नाग पञ्मी पर्व मनाउने भएका हुन । दिउँसो ११ बजे देखि साँझ ५ बजेसम्म विभिन्न साँस्कृति भजनकृतन सहित यस वर्ष भक्तपुरमा विशेष नाग पञ्चमीपर्व मनाउने तयारी रहेको वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले जनाएको छ । सो क्षेत्रको विशेष सरसफाईका साथै पोखरीको विचमा रहेको नागसम्म सर्वसाधारण पनि पुग्न सकिने गरी पुल बनाएर नाग पञ्चमीका दिन विशेष मेला आयोजना गर्ने तयारी गरेका हुन ।
भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर बनाउन राजा भुपेन्द्र मल्लले सो ठाउँबाट माटो लगेको इतिहासकारहरु बताउँछन् । मन्दिर बनाउन माटो लगेपछि बनेको पोखरीमा चमारहरुले छाला काटेर फोहर गरेपछि पोखरीको वीचमा नाग स्थापना गरेर पोखरीको संरक्षण गरिएको स्थानीयको भनाई छ । रञ्जितकारहरुले धागो रंगाउने पोखरीको रुपमा समेत परिचित सो पोखरीलाई पछिल्लो चरणमा थालाछे पुखु हुँदै भक्तपुरको नाग पोखरीको रुपमा परिचित छ । सो नाग पोखरीको रुपमा स्थापित भएपछि सो क्षेत्रलाई नाग लोक बनाएर विश्वका पर्यटन आकर्षित गर्न सकिने स्थानीय संम्पदा संरक्षक रविन्द्र पुरीको भनाई छ । संसारभर पाइने नागका प्रकारहरुको मुत्र्ति बनाएर नाग बारे अध्ययन अनुसन्धान गराउन स्थानको रुपमा नाग पोखरीलाई विकास गर्न सकिने उहाँको धारणा थियो ।
Featured Posts – Style 1
भक्तपुर प्रहरीद्वारा गाँजा सहित २ जना पक्राउ
2026-08-16 Comments Off on भक्तपुर प्रहरीद्वारा गाँजा सहित २ जना पक्राउ
भक्तपुर प्रहरीद्वारा गाँजा सहित २ जना पक्राउभक्तपुर, श्रावण ३१ गतेभक्तपुर प्रहरीले लागु औषध गाँजा सहित २ जनालाई शनिबार पक्राउ गरेका...
बासु माध्यमिक विद्यालय परिवार र स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी तथा समाजसेवी बीच भेटघाट कार्यक्रम
2026-08-16 Comments Off on बासु माध्यमिक विद्यालय परिवार र स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी तथा समाजसेवी बीच भेटघाट कार्यक्रम
मिति २०८३ श्रावण ३१ गते आइतवार, नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव, प्रेम सुवालको प्रमुख आतिथ्यतामा बासु माध्यमिक विद्यालय परिवार...
भोली नाग पञ्चमी भनपा १०को विशेष कार्यक्रम
2026-08-16 Comments Off on भोली नाग पञ्चमी भनपा १०को विशेष कार्यक्रम
भोली नाग पञ्चमी भनपा १०को विशेष कार्यक्रमभक्तपुर, श्रावण ३१ गतेभक्तपुर नगरपालिका वडा नं. १० स्थित नाग पोखरीमा भोली विशेष मेला...
श्री बाराही साकोसको वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न ।
2026-08-15 Comments Off on श्री बाराही साकोसको वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न ।
श्री बाराही साकोसको वार्षिक समीक्षा र अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न ।श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को...
सम्मान सहितकाे भक्तपुर विकास सहयाेग सङ्घकाे ३२ आैं साधारण सभा हुँदै ।
2026-08-15 Comments Off on सम्मान सहितकाे भक्तपुर विकास सहयाेग सङ्घकाे ३२ आैं साधारण सभा हुँदै ।
सम्मान सहितकाे भक्तपुर विकास सहयाेग सङ्घकाे ३२ आैं साधारण सभा हुँदै ।काठमाण्डाै,भक्तपुर विकास सहयाेग सङ्घकाे भाद्र ६ गते शनिबार ठिक...













