भक्तपुर, चैत्र — रेडियो जनसञ्चार १०७.९ मेगाहर्जको १८ औं तथा जनसञ्चार टेलिभिजनको ६ औं स्थापना दिवसको अवसरमा भक्तपुरको कमलविनायक गणेश मन्दिर परिसरमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
उक्त स्वास्थ्य शिविर यही चैत्र ११ गते बुधबार बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। शिविरमा आँखा, मुटु, क्यान्सर, मृगौला, प्रेसर, सुगर, हाडजोर्नी लगायत नसर्ने रोगहरूको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ।
यसका साथै शिविरमा अंगदान सम्बन्धी विशेष कार्यक्रमसमेत आयोजना गरिनेछ। मोतियाविन्दुका बिरामीहरूका लागि निःशुल्क अपरेशनको व्यवस्था गरिनुका साथै चश्मा खरिदमा विशेष छुटको सुविधा पनि उपलब्ध गराइने जनाइएको छ।
कार्यक्रम रेडियो जनसञ्चार, जनसञ्चार टेलिभिजन, जनसञ्चार गृह परिवार तथा स्वतन्त्र पत्रकार संघ भक्तपुरको संयुक्त आयोजनामा हुन लागेको हो। प्राविधिक सहयोग ख्वप टिलगंगा आँखा अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, सिद्धि स्मृति अस्पताल, जनस्वास्थ्य कार्यालय भक्तपुर , नेपाल हृदय रोग निवारण प्रतिष्ठान, भक्तपुर लगायतका संस्थाहरूले गर्नेछन्।
स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा स्थानीय बासिन्दालाई सहभागिताका लागि अनुरोध गरिएको छ।
Featured Posts – Style 1
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
2026-08-09 Comments Off on भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लब
भाडा तिरेको एक महिना बित्यो, अझै खुलेन रिपोर्टर्स क्लबकाठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेको भन्दै क्लबका सञ्चालक...
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
2026-08-08 Comments Off on ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्माभक्तपुर, श्रावण २३ गतेभक्तपुर प्रहरीले एलपी ग्यासमा कालो बजारी गरेका भन्दै व्यवसायाीलाई नियन्त्रणमा लिएको छ...
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
2026-08-08 Comments Off on तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’
तीन दशकपछि पुनर्जागरण हुँदै ताथलीको ‘भैलः प्याखं’ भक्तपुर, २२ साउन । चाँगुनारायण नगरपालिका–९, ताथलीको सौडोलको खगां टोलमा विगत करिब तीन...
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
2026-08-08 Comments Off on चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त
चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त काठमाडौं, साउन २४ चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर...
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
2026-08-07 Comments Off on मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि
मध्यपुरथिमि नगरपालिका चारवर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा फड्को, आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि(रमेश गिरी)भक्तपुर, २२ साउन । मध्यपुर...














