सम्मान सहितकाे भक्तपुर विकास सहयाेग सङ्घकाे ३२ आैं साधारण सभा हुँदै ।
काठमाण्डाै,
भक्तपुर विकास सहयाेग सङ्घकाे भाद्र ६ गते शनिबार ठिक १२.१५ बजेदेखि डि.डि.आई. बैङ्क्वेट, बुद्धनगर, काठमाण्डाैमा हुन गईरहृेकाे ३५ आैं स्थापना दिवस तथा ३२ आैं वार्षिक साधारण सभाकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे छ । उक्त साधारण सभामा ” खाेपृङ रत्न सम्मान ” १ जनालाई र ” खाेपृङ सम्मान ” ५ जनालाई गर्ने यसअघि नै तयारी भईसकेकाे छ । वरिष्ठ सीमाविद् एवं चुच्चे नक्शाका प्रवर्तक बुद्धिनारायण श्रेष्ठकाे प्रमुख आतिथ्यता एवं सङ्घका सल्लाहकार प्रा. काेमलवदन मल्लकाे सभाध्यक्षतामा हुने उक्त समाराेहमा खाेपृङ सम्मान कार्यक्रम-२०८३, खाेपृङ बाैद्धिक सम्पत्ति- २८ आैं अङ्काे सार्वजनिकिकरण, खाेपृङ आंशिक मुट्ठीदान शैक्षिक सहयाेग वितरण, आर्थिक सहयाेगदाता, पत्रकार र लेखकहरूलाई कदरपत्र वितरण, नयाँ आजीवन सदस्यहरू २६ जनाकाे स्वागत, सङ्घकाे वार्षिक प्रतिवेदनहरूकाे प्रस्तुतिलगायतका विविध कार्यक्रमहरू गरिने याेजना रहेकाे छ । यसै सन्दर्भमा सङ्घका अध्यक्ष राजु मृगेन्द्र जाेशीकाे अध्यक्षतामा बसेकाे सङ्घकाे कार्यसमितिकाे विस्तारित बैठकमा साधारण सभा सञ्चालन समितिका संयाेजक किरण राज सुवेदीले हल व्यवस्थापन तथा अतिथि स्वागतकाे तयारीबारे बिस्तृत रूपमा जानकारी गराउनुभयाे भने खाेपृङ प्रकाशनका संयाेजक अमृत प्रसाद कायष्ठ र कार्यकारी सम्पादक राजुराम मुनंकर्मीले खाेपृङ सेटिङ अन्तिम चरणमा पुगेकाेबारे विस्तृत रूपमा जानकारी गराउनुभयाे । त्यसैगरी कार्यक्रम सञ्चालिका सविता राजाेपाध्यायले साधारण सभा सञ्चालनकाे खाका तयारीबारे विस्तृत जानकारी गराउनुभयाे । सचिवालयकाे तर्फबाट प्रमुख अतिथि, विशेष अतिथि,अन्य अथितिगण, आर्थिक सहयाेगदाताहरू, पत्रकार, लेखकहरू, आजीवन सदस्यहरू, विज्ञापनदाताहरू लगायतलाई पत्राचार गरिसकिएकाे तथा प्रतिवेदन र अमर सुवालकाे डिजाईनिङ बारे महासचिव प्रा.डा. माला मल्ल र सचिव राम सैंजुले जानकारी गराउनुभयाे ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
2026-10-07 Comments Off on धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा
धारीलो हतियार देखाई ट्याक्सी चालक लुटपाट गर्ने चार जना प्रहरी नियन्त्रणमा भक्तपुर — ट्याक्सी चालकलाई धारीलो हतियार देखाएर नगद तथा...
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
2026-10-07 Comments Off on बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा
बिलबिजक नभएका सामान र सवारी साधनसहित मानिसहरू भक्तपुरमा नियन्त्रणमा भक्तपुर — महोत्तरीको बर्दिबासबाट काठमाडौँतर्फ आउँदै गरेका दुई वटा ईभी हायस...
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
2026-10-07 Comments Off on सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता
सूर्यविनायकमा उत्कृष्ट खेलाडी तथा प्रशिक्षक सम्मानित: खेलकुद विकासका लागि बजेट अभाव हुन नदिने नगर प्रमुखको प्रतिबद्धता सूर्यविनायक, भक्तपुर — सूर्यविनायक...
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
2026-10-06 Comments Off on फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ
फैसला कार्यान्वयनतर्फ फरार रहेका ४ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा पक्राउ भक्तपुर, १९ असोज अदालतबाट दोषी ठहर भई सजाय तथा...
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
2026-10-06 Comments Off on भक्तपुरको सल्लाघारीमा असोज २१ देखि ‘दशैँ रमाइलो महोत्सव-२०८३’ आयोजना हुने
भक्तपुरको सल्लाघारीमा असोज २१ देखि 'दशैँ रमाइलो महोत्सव-२०८३' आयोजना हुने भक्तपुर नेपालीहरूको महान् पर्व वडा दशैँको अवसर पारेर भक्तपुरमा 'दशैँ...












