भक्तपुर । २०७६ साल चैत २० गते, बिहीबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका खुद्रा व्यापारीहरूलाई खाद्यान्न पसलहरू खुला राख्न निर्देशन दिनुभयो ।
कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयमा खाद्यान्न र अतिआवश्यक वस्तुहरूको सहज आपूर्तिको लागि नगर प्रमुख प्रजापतिको संयोजकत्वमा भक्तपुर जिल्ला खुद्रा व्यापार संघका पदाधिकारीहरूसँग बिहीबार सम्पन्न छलफल कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले भक्तपुरका खुद्रा व्यापारहरूलाई व्यवस्थित सञ्चालनको लागि नगरपालिका आवश्यक छलफलमा जुटिरहेको बताउनुभयो ।
नगरपालिकाले अतिआवश्यक कार्यको लागि मात्र प्रत्येक घरमा एकजनालाई पास घर बाहिर निस्कन अनुमति पत्र वितरण गरेको स्पष्ट पार्नुहुँदै लकडाउन पूर्ण रुपमा परिपालन गर्न नगरबासीको स्वयम्को अनुशासनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ज्येष्ठ नागरिकहरूमा कोरोना संक्रमणको खतरा बढी हुने भएको हुँदा मन्दिर, पाटी, मस्जिद, चर्च आदिमा पूजा र अनावश्यक भिड नियन्त्रण गर्न नगरपालिकाले अनुरोध गरिरहेको बताउनुहुँदै खाद्यान्न पसलहरूको व्यवस्थित सञ्चालनले कालोबजारीमा नियन्त्रण हुने र जनजीवन पनि सहज हुने बताउनुभयो ।
छलफलमा संघका प्रतिनिधिहरूले खाद्यान्न पसल सञ्चालन र दैनिक उपभोग्य वस्तु जस्तै ग्यास सिलिन्डर वितरणको लागि व्यापारीहरूको लागि पनि छुटै पासको व्यवस्था गर्नुपर्ने बताउनुहुँदै संकटको बेला आवश्यक सुरक्षा अपनाएर भए पनि पसल सञ्चालन गर्न आफूहरू तत्पर रहेको बताउनुभयो । बिहानको समयमा लकडाउनको पालना नभएको देखिएको बताउँदै उहाँहरूले तरकारीलगायतका सामान किन्ने निहुँमा धेरै मानिसहरू घर बाहिर हिंड्ने प्रवृत्ति अझै बाँकी रहेको हुँदा लकडाउनलाई कडाइका साथ लागु गर्नु आवश्यक भएको बताउनुभयो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














