Featured Posts – Style 1
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
2026-09-25 Comments Off on अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।
अविरल वर्षाका कारण भक्तपुरका विभिन्न सडक खण्ड अवरुद्ध, मनोहरा र खास्याङखुसुङ खोलामा बाढी, ताथलीको पहिरो हटाइयो ।भक्तपुर, असोज ९ गते...
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
2026-09-25 Comments Off on कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन
कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयनभक्तपुर, ९ असोजकानुन अध्ययन समाज नेपालको भक्तपुर जिल्ला अध्यक्षमा गम्भिरमान ज्याख्व सर्वसम्मतिले निर्वाचित...
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
2026-09-25 Comments Off on भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न
भक्तपुर बचतमा संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्नभक्तपुर, ९ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यहि असोज १७ गते ब्रम्हायणी...
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
2026-09-24 Comments Off on भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण
भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पणभक्तपुर, ८ असोजभक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने...
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
2026-09-24 Comments Off on भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी...



त्यस्तै, अर्थविद् तथा राजनीतिज्ञ डा. गोपीलाल न्यौपानेले सम्झौताअनुसार भाडा तिरिसकेपछि रिपोर्टर्स क्लब खोल्नुपर्ने बताए । उनले भाडा नपाएको भए कति महिनाको भाडा बाँकी हो भन्ने विषय स्पष्ट रूपमा खोजिनुपर्ने धारणा राखे ।सम्झौताअनुसार भाडा तिरिसक्दा पनि सरकारले रिपोर्टर्स क्लब नखोल्नु प्रतिशोधपूर्ण व्यवहार भएको उनको टिप्पणी थियो । उनले रिपोर्टर्स क्लबलाई एउटा सार्वजनिक आवाजका रूपमा व्याख्या गर्दै लोकतन्त्र निर्माणमा शक्तिशाली भूमिका खेलेर स्थापित भएको महत्वपूर्ण सञ्चार संस्था भएको बताए ।सुशासन अभियन्ता रञ्जन खनाल
त्यस्तै, सुशासन अभियन्ता रञ्जन खनालले निरंकुश शासनका समयमा समेत बन्द नभएको रिपोर्टर्स क्लब अहिले बन्द हुनु दुःखद भएको बताए । लोकतन्त्रमा सरकारले सञ्चारमाध्यमप्रति गरेको व्यवहार उचित नभएको उनको टिप्पणी थियो ।‘मिडियाले भाडा तिरेको छैन भने मिनाहा गर्नुपर्थ्यो । तर भाडा तिरेको एक महिना बितिसक्दा पनि रिपोर्टर्स क्लब नखोलिनु दुःखद् हो,’ खनालले भने ।वर्तमान सरकार निर्माणमा आफूहरूको समेत साथ र समर्थन रहेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अघिल्लो सरकारले अन्याय गरेको भन्दै आफूहरूले माइतीघरमा पुगेर आन्दोलन गरेको र लामिछाने हिरासतमा रहेका बेला कास्की पुगेर भेटेको पनि उनले स्मरण गरे ।खनालले रिपोर्टर्स क्लबमा लगाएको ताला तत्काल खोलिदिन सरकारसँग आग्रह गरे ।यसैबीच, रिपोर्टर्स क्लबसँगै बन्द गरिएको भृकुटीमण्डपका अन्य व्यवसायी तथा काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका सञ्चालकहरूले समेत समाज कल्याण परिषद्ले एकलौटी रूपमा भाडा वृद्धि गरेको गुनासो गरेका छन् । उनीहरूले भाडा वृद्धि प्रक्रियामा आफूहरूमाथि अन्याय भएको गुनासो गरे ।










