जगातीमा वृहत स्वास्थ्य शिविर, भूकम्प पीडितलाई सहयोग गर्ने तयारी
भक्तपुर, कार्तिक २५ गते
श्रमिक बचत तथा ऋण सहकारी संस्था लि.जगाति भक्तपुरले लायन्स आँखा तथा मधुमेह सेवा केन्द्रसँगको सहकार्यमा आज बृहत स्वास्थ्य शिविर तथा रक्तादान कार्यक्रम आयोजना गरेको छ । जगाति वस स्तपसँगै आयोजित सो शिविरमा रक्तदानका साथै मधुमेह परिक्षण सेवा, फिजियोथेरापी सेवा, आँखा शिविर, हाडजोर्नी विशेषज्ञ सेवा समेत दिएको संस्थाका अध्यक्ष राजाराम गोसाईले बताए । लायन्स क्लवहको सामाजिक गतिविधि अन्तर्गत श्रमिक साकोसको व्यवस्थापनमा सो शिविर आयोजना भएको थियो । शिविरमा ३२ जनाले रक्तदान गरेका थिए भने अन्य एक सय जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।


समाजसेवी विष्णुभक्त मारिखुले नेपालीहरुको दोस्रो महान पर्व तिहारको शुभकामना आदानप्रदान गदै स्वास्थ्य शिविर आयोजना गरेको बताए । साथै उहाँले भक्तपुरका दाताहरुको सहयोग संकलन गरी जाजरकोटका भूकम्प पीडितहरुलाई आर्थिक, भौतिक सहयोग जुताउने कार्य पनि भइरहेको बताए । प्रशासनले सहयोग संकलन नगर्न आग्रह गरेको भए पनि लायन्स क्लवका समाजसेवीहरुबाट संकलित सहयोगलाई सके आफै पुगेर वितरण गर्ने, नसके सरकारी निकायलाई जिम्मा दिने गरी सहयोग जम्मा भएको बताए । लायन्स इन्टरनेशनल र नेशनलबाट १० हजार डलर सहयोग जम्मा गरिसक्दा भक्तपुर जिल्लाबाट ३ लाख आर्थिक सहयोग जम्मा भइसकेको र थप जम्मा हुनेक्रम जारी रहेको उहाँले बताए । लायन्स गोकुल प्रसाद प्रजापतिले जिल्लामा रहेका ३०।३२ वटा लाइन्स क्लवहरुको समन्वय समितिमार्फत विभिन्न स्वास्थ्य सेवा दिइ आएको चर्चा गर्दै समुदायस्तरमा स्वास्थ्य शिविर आयोजना गर्न सहयोग र सहकार्य गर्दै आएको बताए ।
टोल छिमेकमा स्वास्थ्य शिविर आयोजना गरी संंस्थाले सदस्य समुदायको स्वास्थ्य प्रति उत्तरदायित्वबहन गरेको महसुस गर्दै संस्थाका उपाध्यक्ष कृष्णनारायण मचामसीले शिविर चाँदै गर्नुपर्दा सबै सदस्यहरुले लाभ लिन नपाएको गुनासो गरे । भने डाक्टर श्रीकृष्ण कासिछ्वाले समुदायको बीचमा स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परिक्षण र परामर्श दिने अवसर जुरेको बताए । स्वास्थ्य उपचार र सचेतनाकालागि स्वास्थ्य शिवरको महत्व रहेको चर्चा गर्दै डाक्टर कासिछ्वाले लायन्स क्लवले लायन्स आँखा तथा मधुमेह सेवा केन्द सञ्चालन गरी नि:शुल्क स्वास्थ्य सेवा दिदै आएको पनि उल्लेख गरे ।












