निर्वाचन आयोगद्वारा मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गरिने ।
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गर्ने जनाएको छ । आयोगले आज विज्ञप्ति निकालेर सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएका कारण पुर्व मितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुरु गर्ने जनाएको हो । सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति आउँदो ३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट निर्णय भएको छ, विज्ञप्तिमा भनिएको छ । यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।
Featured Posts – Style 1
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
2026-07-18 Comments Off on नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दै !
नगरको फोहर व्यवस्थापनमा देखियो प्रदुर्षणको समस्या, समाधानको उपाय खोज्दैभक्तपुर,भक्तपुर नगरको फोहर प्रशोधन केन्द्रबाट प्रदुर्षण फैलिएको भन्दै स्थानीयले विरोध जनाएका छन्...
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...













