भक्तपुरमा फैसला कार्यान्वयनतर्फका ६ जना फरार अभियुक्त पक्राउ
भक्तपुर, ८ असोज। जिल्ला अदालत भक्तपुरबाट फैसला भई सजाय भुक्तान गर्न बाँकी रहेका ६ जना फरार अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त ठिमी, प्रहरी वृत्त जगाती तथा मातहतका निकायबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०८३/०६/०८ गते उनीहरूलाई पक्राउ गरेको हो।
विभिन्न मुद्दामा अदालतबाट दोषि ठहर भई फरार रहेका उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेस गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका मुद्दा तथा विवरण:
- बैंकिङ कसुर: १ जना (जरिवाना: रु. १,१००)
- चेक अनादर: २ जना (जरिवाना: रु. १,०००)
- अदालतको अवहेलना: ३ जना (जरिवाना: रु. १,५००)
पक्राउ परेका ६ जना अभियुक्तहरूबाट जम्मा रु. ३,६०० जरिवाना असुल उपर गर्ने गरी अदालतमा बुझाइएको छ।













