ग्यासका कालो बजारी, व्यापारी प्रहरी नियन्त्रण्मा
भक्तपुर, श्रावण २३ गते
भक्तपुर प्रहरीले एलपी ग्यासमा कालो बजारी गरेका भन्दै व्यवसायाीलाई नियन्त्रणमा लिएको छ । ग्यासमा कालो बजारी गरेको भन्दै भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित भाडामा बस्ने वर्ष ५७का तुल्सीराम त्वयनालाई आज नियन्त्रणमा लिएका हुन । त्वयनाले सचालन गरेको किराना पसलबाटा खाना पकाउने एलपी ग्यास उपभोक्तालाई प्रति सिलिण्डर रु.७००० का दरले बिक्रि वितरण गरेको भन्ने जानकारी प्राप्त गरेपछि भक्तपुर प्रहरीको एक टोली खटिई चेकजाँच तथा अनुसमन गर्दा ३ थान सिलिण्डरसहित पसल संचालक त्वायनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी दिपक कुमार कार्कीले जनाएको छ।















