भक्तपुर जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भक्तपुर जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भक्तपुर, असार २८ गते
भक्तपुर जिल्ला स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम २०८३ आज घोषणा भएको छ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगर र संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ सहितका अतिथिहरुको सहभागितामा भक्तपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन । जिल्लाका ४ वटै नगरपालिका भित्रका १६ देखि २३ महिनासम्मका बालबालिकाले बीसीजी, पोलियो, दादुरा–रुबेला लगायतका सबै आधारभूट खोपहरु ९० प्रतिशत भन्दा बढी बालबालिकाहरुमा सुनिश्चित भएको प्रमाणिकीकिरण गर्दै यो घोषणा गरेका हुन ।
जिल्ला खोप समन्वय समितिले जिल्लाका ४ वटै नगरका ३८ वडाहरुका पाँच हजार नौ सय छ बालबालिकाहरुमा पूर्ण खोप पुष्टि गर्दै यो घोषणा गरेका हुन ।
कार्यक्रमको पानसमा दिप प्रज्वलन गर्दै स्वास्थ्य मन्त्री थापा मगरले जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुका साथै जनस्वास्थ्य अधिकृत अञ्जना खड्कालाई घोषणा पत्र प्रदान गरिएको थियो । सो अवसरमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । उहाँले प्रदेशका १३ वटै जिल्लाको स्वास्थ्य क्षेत्रको स्तरोन्नतिलाई ध्यान दिदै घरदैलो स्वास्थ्य सेवा विस्तार गर्ने तयारी गरेको भन्दै भक्तपुर अस्पताललाई टेलिमेडिसिन अस्पतालको रुपमा विकास गर्ने धारणा राख्नु भयो । उहाँले नसर्ने र सक्रामक रोगहरुका कारण धेरै मान्छेहरुको मृत्यु हुने गरेकोप्रति चिन्ता व्यक्त गर्नु भयो ।
कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सु्रेश श्रेष्ठ, सांसद देवेन्द्र श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सचिव डा. सुमित्रा गौतम सहितका अतिथिहरुले पनि बालबालिकाहरुकालागि पूर्ण खोपको महत्व बारे प्रकाश पार्दै जनताको स्वास्थ्य चेतना र सेवा अभिवृद्धि बारे आआफ्नो धारणा व्यक्त गरेका थिए ।
जिसस तथा जिल्ला खोप समन्वय समितिका निमित्त प्रमुख सुजाता बैद्यको सभापतित्वमा भएको सो कार्यक्रममा जनस्वास्थ्य अधिकृत अञ्जना खड्का, खोप अधिकृति दिपक अच्छामीले जिल्लाको खोप अभियानसँगै डेंगु र वल्र्डफ्लु संक्रमण नियन्त्रणका लागि भइरहेको अभियान बारे जानकारी दिनु भयो ।
सो अवसरमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न योगदान गर्ने भक्तपुरका उत्कृष्ठ एवं सहयोगि स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान व्यक्त गरिएको थियो ।