भक्तपुर, बैशाख ९ गते
जनस्वास्थ्य सेवा केन्द भक्तपुरको आयोजनामा र जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक टोलिको सहयोगमा भक्तपुर नगरमा हिजो देखि गरिएको कोरना परिक्षणको क्रममा आज १५ जनाको आडिटी परिक्षण गरिएको छ । भनपा ४, ५, ८, र ९ वडालाइ लक्षित गरी आयोजना भएको सो परीक्षणको नतिजाले सबै जनामा कोरना नभएको पुष्टि भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका ल्याब टेक्निसियन योगिता खनालले जनाएको छ ।
मंगलबार भएको कोरना भाइरसको परीक्षणकोक्रममा भनपा४मा विदेशबाट आएका नयां ४ जनाको पनि आजै परीक्षण भएको वडाध्यक्ष कुमार चवालले जनाएको छ । विदेशबाट आएका अन्य १६ जना सहित सो वडामा २० जनाको कोरना भाइरस परीक्षण गर्दा सबैको नेगेटिभ अर्थात कोरना संक्रमण नभएको पुष्टि भएको उहांले बताएका छन् ।सोमबार ९ जनामा भएको आडिटी परीक्षण मंगलबार १५ जनामा भएको हो ।













