नेपालमा ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ७० प्रतिशत वयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएको भन्दै नेपाललाई बधाई दिएको छ।नेपाल सरकारले आगामी चैत मसान्तसम्म १८ वर्ष माथिका सबै नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्य लिएको छ । ७० प्रतिशत वयस्कले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनु नेपाल तथा सहयोगी निकायको ठूलो सफलता भएको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । एकजुट भएर सहकार्य गर्दा असम्भव भन्ने केही हुँदैन भन्ने उदाहरण नेपालमा कोरोनाविरुद्धको खोपमा प्राप्त सफलताले देखाएको नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनको कार्यालयले सामाजिक सञ्जाल ट्विटरमार्फत् जनाएको छ ।