लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न

लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने दुबोको माला बनाउने तालिम संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न भयो । तालिमको औपचारी कार्यक्रममा बोल्दै अध्यक्ष जतिले संस्थाबाट महिला सदस्यहरुलाई लक्ष्यीत गरी समय समयमा विभिन्न तालिमहरुको आयोजना गर्दै आएको जानकारी दिनुभयो । संस्थाबाट स्थापना कालदेखि सदस्यहरुलाई सक्षम बनाउन विभिन्न सिपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्दै आएको कुरा बताउनु भयो । कुनै पनि तालिम लिइसके पछि उक्त तालिममा सिकेको सिपलाई सहि सदुपयोग गरी व्यवसायीक रुपमा अगाडी बढ्न सकेमा आर्थिक रुपमा सक्षम हुन सक्ने कुरा राख्नु भयो ।
उक्त तालिमका प्रशिक्षक गीता बाटीले हामीले आफुले सिकेको सिपलाई आफ्नो साथीहरु, परिवारका सदस्यहरुमा सिकाउदै जानुपर्ने यसले सिप विकासमा मद्दत पुग्ने बताउनुभयो । उपसमितिका संयोजक सरिता खुसुको सभापतीत्वमा भएको उक्त तालिममा संस्थाका ८ जना महिला सदस्यहरुको सहभागीता रहेको थियो भने कार्यक्रममा संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि बोल्नु भएको थियो ।