४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन
भक्तपुर, १४ भदौं
नेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको ग्वसा खलको आज औपचारिक रुपमा उद्घाटन गरेको छ । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सचिवालयको रिवन काटेर आज उद्घाटन गरेका हुन ।
भक्तपुर नगरका विभिन्न टोल टोलहरुमा आयोजना हुँदै आएको तःमुज्याको ४६ औं सृखला भक्तपुर नगरपालिका वडा नं. ७स्थित गोल्मढीको यातामा आयोजना गर्ने भएसँगै स्थानीय वडाध्यक्ष उकेश कवांको अध्यक्षतामा ४६ औं नेपाल भाषा साहित्य तःमुज्याको ग्वसाखल गठन गरेको थियो । सोही गोसाखलले आगामी दशैको द्वादर्शी र त्रयदर्शीका दुई दिन तःमुज्या आयोजना गर्न सो सचिवालयको आज उद्घाटन गरेको थियो ।
सचिवालयको उद्घाटन गर्दै सचिव सुवालले तःमुज्याले भाषा साहत्यि मार्फत जनतालाई राजनैतिक चेतना अभिवृद्धि गर्दै आएको उल्लेख गर्दै हाल भोटेकोशीमा आएको बाढीका कारण भएको धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै सो बाढी जलबायु परिवर्तनका कारण हिमपहिरो फुटेर भएको हुन सक्ने बताउनु भयो । कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाई, तःमुल्याका अध्यक्ष आशाकुमार तुकंबन्जार, सल्लाहकार चन्द्रबहादुर उलक, रविन्द्र खर्बुजा, ४६ औं तःमुज्याका अध्यक्ष उकेश कवां, सहितका अतिथिहरुले जनता बाचे भाषा बाँच्छ भन्ने उद्घोषका साथ नेपाल भाषा साहित्य तःमुज्याले जनताको बीच नेपाल भाषा र साहित्य मार्फत सचेतना दिइ आएको बताउनु भयो । यस वर्षको ४६ औं तःमुज्या कार्तिक ६ र ७ गते गोल्मढीको यतामा आयोजना गर्ने भएका हुन ।
Featured Posts – Style 1
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
2026-08-28 Comments Off on भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।
भोटेकोशीका बाढी पीडितको राहत र पुनस्र्थापनाका लागि भक्तपुर सहयोग विकास संघको अपिल; ५० वटा शव बाकस सहयोग गर्ने ।भक्तपुर, १२...













