भक्तपुर, बैशाख ८ गते
भक्तपुर नगरपालिकाले भक्तपुर नगरका कृषकहरुका लागि मंगलबार देखि निःशुल्क बीउ बितरण गर्ने भएको छ । नगरपालिकाका सबै वडाहरुमा स्वयंसेवकहरुबाट खुमलटार टाइचीन ९० जातको धानको बीउ निःशुल्क वितरण गर्ने भएको हो । स्वयंसेवकहरुले कृषकको घर घरमा गएर प्रतिकृषक परिवारलाई २ केजी ५०० (१ पाथी) खुमलटार टाइचीन ९० जातको धानको बीउ बितरण गर्न सुरु गरेको हो । सो बीउ लिनका लागि कृषकले जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि र नागरिकताको प्रतिलिपी तयारी राख्न पनि नगरपालिकाले अनुरोध गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरना भाइरस संक्रमण रोकथाम र नियन्त्रयणको लागि नेपाल सरकारले लकडाउन घोषणा भइरहेको बेला भक्तपुर नगरपालिकाका स्वयंसेवकहरुले घर घरमा पुगेर कृषकहरुलाई निःशुल्क धानको बीउ बितरण थालेको हो ।













